‘आउटडोर स्कुल’ जिवन आधारशिलाको राम्रो माध्यम

केशव पाठक,

पोखरा न्युज । 

१३ वर्षका देव गुरुङ्ग ‘आउटडोर स्कुल’ को शिक्षा वाट निकै प्रभावित भएको देखिन्थे । उनी मादी १ शिक्लेसका हुन । गुरुङ्ग परिवारका उनलाई ठूलो भए पछि लाहुरे बन्न धोको थियो । पोखराको एक निजी विद्यालयमा पढदै गरेका उनले अरुको देखासिखी लाहुरे बन्ने इच्छा पाले पनि ‘आउटडोर स्कुल’ को प्रशिक्षणले उनले लाहुरे वन्ने त्यो धोको त्यागेका छन ।

कास्की माछापुच्छ्रे गाउँपालिका भुर्जुङ्ग खोलाकी मधु वानियाँ कक्षा १२ मा उतै गाउँको विद्यालयमा पढछिन । आफ्नो अध्ययन सकेर के गर्ने भन्ने वारे उनलाई चिन्ताले सताएको थियो । जव उनी ‘आउटडोर स्कुल’मा समावेश भइन तव भन्ने अव केही गर्न सकिन्छ भन्ने शाहस वढेको छ । मध्यम घर परिवारकी उनलाई ५ दिनको ‘आउटडोर स्कुल’ले धेरै ज्ञान र शिप सिकाएको अनुभव संगालेकी छन ।

त्यस्तै चितवन जुगेडीका दिपशन गुरुङ्ग पनि पोखरामा भइरहेको ‘आउटडोर स्कुल’मा समावेश छन । उनी पनि १२ कक्षामा नै पढदै छन । उनी ‘आउटडोर स्कुल’मा समावेश हुन उतैबाट पोखरा आएका हुन । ‘आउटडोर स्कुल’ ले उनको जिवनमा नयाँ बाटो कोरेको ढुक्कका साथ भन्छन । ‘पहिले पहिले त वाहिरका मान्छे सङ्ग पनि घुलमिल भएर बोल्न सक्थिन तर अब निर्धक्कका साथ आफ्नो विचार राख्न सक्ने भएको छु’ उनी भन्छन ‘अब म साहशिक खेल मार्फत आफुलाई अगाडी बढाउने छु ।’

पोखराको जनप्रिय वहुमुखी क्याम्पसमा पहिलो पटक माउन्टेनियरिङ्ग सम्वन्धि पढाइ भर्खरै सुरु भएको छ । तर युरोप, अमेरिका र अन्य विकशित मुलुकमा सानो कक्षाबाट नै उनीहरुलाई कक्षा कोठा र विद्यालयबाट टाढा राखेर पढाउने र जिवन जिउनेकला र माध्यमका बारेमा राम्रो ज्ञान र शिप दिइने गरिन्छ । जसमा तिन प्रकारका ज्ञान हुन्छन वातावरण, नेतृत्व र जिवन कला । ‘यो हाम्रो जस्तो देशका लागि अपरिहार्य शिक्षा हो’ पर्वातारोही तथा ‘आउटडोर स्कुल’का प्रशिक्षक जगन तिमिल्सिना भन्छन । उनले अमेरीकाको एक विश्व विद्यालय बाट यस बारे अध्ययन गरेर आएका छन ।

‘आउटडोर स्कुल’को माध्यमबाट नेपालमा विशेष गरि तिन प्रकारको शिप प्रदान गरिन्छ । क्यानेनिङ्ग, ट्रेकिङ्ग (व्याग प्याकिङ्ग) र रयाप्टिङ्ग । जसमा वातावरण, नेतृत्व र जिवन शैली पनि समावेश गर्ने गरिएको तिमिल्सिनाले बताए । ‘नेपालको हकमा यि सबै शाहसिक खेल भित्र पर्दछन र बालबालिकालाई भविष्यमा यही शिक्षाको माध्यमबाट जिवन अगाडी वढाउने ठूलामाध्यम वन्न सक्छ’ उनी भन्छन ।

पोखरा लेखनाथ १७ को फुर्से खोला र पावर हाउसको भिरमा नेपालका विभिन्न ठाउँ वाट आएका २२ जना विद्यार्थीहरुलाई ५ दिने यस्तो प्रशिक्षण दिइएको थियो ।

स्वतन्त्र सामाजिक प्रतिष्ठान नेपालको आयोजना र अमेरिकन क्यानोरिनिङ्ग एशोसियसन, पोखरा माउन्टेन वाइक एशोसियसनको सहयोगमा यस्तो कार्यक्रम आयोजना गरिएको हो । स्वतन्त्र समाजिक प्रतिष्ठानका अध्यक्ष एवम माछापुच्छ्रे गाउँपलिका वडा नं २ का अध्यक्ष समेत रहेका विक्रम गुरुङ्गले नेपालका लागि यो शिक्षा अपरिहार्य रहेकोबताए । उनले माछापुच्छ्रे गाउँपािलकाले यो कार्यक्रमलाई सुरु गरिसकेको समेत जानकारी दिए ।

गाँउपालिका प्रमुख कर्ण गुरुङ्गले भविष्यका कर्णधारहरुलाई भविष्यको बाटो र रोजगारको माध्यमलाई सुनिश्चित गर्न ‘आउटडोर स्कुल’को माध्यम महत्वपुर्ण रहेको बताए । ‘गाउँपलिकाले यसका लागि बजेट समेत निर्धारण गरेर अगाडी बढीसकेको छ’ उनले भने ‘युवालाई रोजगारका लागि विदेश पलायन हुनबाट रोक्न ‘आउटडोर स्कुल’को माध्यम महत्वपूर्ण छ, यसलाई हामी निरन्तरता दिन्छौ ।’

स्वतन्त्र सामाजिक प्रतिष्ठानले एक वर्षमा नेपालका विभिन्न जिल्लाका २ सय जना विद्यार्थीलाई यस्तो प्रशिक्षणको व्यवस्था मिलाएको छ । पोखरामा सम्पन्न भएको कार्यक्रममा पनि कास्की सहित चितवन, धादिङ्ग र भोजपुरका विभिन्न विद्यालयका २२ जना विद्यार्थीहरुलाई पोखरामा क्यानोनिङ्गको आधारभुत तहको शिप दिइएको थियो । जसमा ६ जना छात्रा र १६ जना छात्र समावेश थिए । वेलायत लिभरपुल निवासी अमान्दाले पनि विद्यार्थीहरुलाई अग्रेजी भाषाको ज्ञान दिएकी थिइन भने अमेरीकी प्रशिक्षक रिच कार्शलले क्यानोनिङ्ग वारे ज्ञान दिएका थिए ।

विद्याथीहरुले डोरीको माध्यमद्वारा माथीबाट खसेको झरनाबाट तल झर्ने, डोरी वाँध्ने डोरी कस्ने, जिप लाइन जस्ता कुरा सङ्गै खाना पकाउने र जस्तै अप्ठ्यारो अवस्थामा पनि आफुलाई यथासिघ्र तयार रहने बारे ज्ञान दिइएको प्रशिक्षक तिमिल्सिनाले जानकारी दिए । सन २०१२ वाट सुरु भएको यो कार्यक्रम विद्यार्थीहरुलाई प्रतिष्ठानले निशुल्क रुपमा प्रदान गर्दै आइरहेको छ । ‘यो निकै खर्चिलो छ तर पनि हामी सबैको सहयोगकबाट निरन्तरता दिने पक्षमा छौ’ अध्यक्ष विक्रम गुरुङ्गले भने ।

नेपालको शिक्षामा विरलै स्थान पाउने यस्तो ‘आउटडोर स्कुल’ लाई सञ्चालन गर्न सके पक्कै पनि माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कर्ण गुरुङ्गले भने जस्तै रोजगारका लागि युवा पलायन रोक्न ठूलो माध्यम बन्न सक्नेमा कसैको दुइमत नहोला ।

तस्विरः अब्बु परियार

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button