दिननाथ बराल
पोखरा, १० साउन
कैलाश विकास बैंकले पुनः उत्कृष्ठ वित्तीय प्रतिवेदन पुरस्कार जितेको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाले प्रदान गर्ने उक्त पुरस्कार विगत तीन बर्ष अघि पनि प्राप्त गरेको बैंकले यस बर्ष पनि उक्त पुरस्कार प्राप्त गर्न सफल भएको हो । बैंकले तयार गरेको आथिर्क वर्ष २०७०÷०७१ को वित्तीय विवरणमा न्यूनतम मापदण्ड पुरा गरी उक्त उपाधि जित्न सफल भएको हो ।
बैंकले विकास बैंक तथा वित्त कम्पनी समूहमा उत्कृष्टता हासिल गरेको प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले बताए । बैंकको २०७२ असार मसान्तसम्ममा ८९ करोड ५३ चुक्त पुँजी रहेको बैंकले यो अवधिमसम्मा आठ अर्ब ९९ करोड निक्षेप संकलन गरी सात अर्ब ९४ करोड कर्जा प्रवाह गरेको छ । गत आवमा बैंकले ४० करोड ४५ लाख सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको थियो ।
हालसम्म बैंकले देशका २४ शाखा मार्फत इन्टरनेट बैंकिङ, एसएमएस बैंकिङ सुविधा सहित १४ वटा एटीएम मेसिन मार्फत कैलाशले सेवा दिँदै आएको छ । बैंकले छिट्टै नै चितवन र गोरखामा एक एक शाखा थप गरी कारोबार सञ्चालन गर्ने तयारी गरेको प्रमुख कार्यकारी अधिकृत लामिछानेले बताए । यसै बिच राजधानिमा हालै आयोजित एक समारोहमा अर्थ मन्त्री डा। रामशरण महतले उक्त उपाधि बैंकलाई हस्तान्तरण गरेका हुन ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution