पोखरा अन्तराष्ट्रिय चिडियाखानाको शिलान्यास
पोखरा १५ साउन :
पोखरामा अन्तराष्ट्रिय स्तरको चिडियाखाना निर्माण हुने भएको छ । प्रस्तावित पोखरा अन्तराष्ट्रिय चिडियाखानाको शुक्रबार एक कार्यक्रमका बिच सिलान्यास गरिएको हो । लेखनाथको पचभैयामा निर्माण हुन लागेको प्रस्तावित पोखरा अन्तराष्ट्रिय चिडियाखानाको स्वास्थ्यमन्त्री खगराज आचार्यले सिलान्यास गर्नुभएको हो । लेखनाथ नगरपालिका अन्तरगत पर्ने ११, १२ र १४ वडामा रहेको सामुदायिक बनहरुलाई समेटेर निर्माण गर्न लागिएको चिडियाखानाकोे सिलान्यास गर्दै मन्त्री अधिकारीले लेखनाथ आफैमा पर्यटकीय क्षेत्र भएको र नया बन्ने चिडियाखानाले यसलाई रौनकता थप्ने वताउनुभयो । पोखराको फेवाताल वरपरका बनजंगलको संरक्षण हुन नसक्दा पहिरो आएर फेवातालको अस्तित्वनै संकटमा परिरहेको वेला बेगनास र रुपाको बीच भागमा बन्ने चिडियाखानाले यहां वरपरका जंगलको संरक्षण गर्ने र तालहरुको संमेत संरक्षण हुने भएकाले चिडियाखाना निर्माणको काम महत्वपूर्ण रहेको उहांको भनाइ रहेको थियो ।
सभासद रविन्द्र अधिकारीले पोखराको समग्र बिकासका लागी पोखराका राजनैतिक दलहरु एक बनेर अगाडी वढीरहेको परिप्रेक्षमा पोखरामा बन्न लागेको चिडियाखानाले महत्वपूर्ण भुमिका खेल्ने वताउनुभयो । लेखनाथमा बन्ने चिडियाखानाले पोखराको मात्र नभइ समग्र पश्चिमाञ्चलको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने उहांको भनाइ रहेको थियो । त्यसैगरी अर्का सभासद यज्ञ वहादुर थापाले कास्कीका राजनैतिक दलले आफ्नो पार्टीगत स्वार्थ भन्दापनि बिकासका लागी एकजुट भएर अगाडी वढ्न आवश्यक रहेको वताउदै चिडियाखाना निर्माण समग्र पोखराको पर्यटन प्रवद्र्धनको बाहक हुने वताउदै यसका लागी सरकार संग वजेट विनियोजनका लागी समेत आफुहरुले पहलकदमी थाल्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
त्यसैगरी क्षेत्रिय प्रशासक दिनेश कुमार थपलियाले प्रस्तावित पोखरा चिडियाखाना सिलान्यासले पोखरामा नया पर्यटकीय गन्तब्य निर्माणको ढोका खुलेको वताउनुभयो । प्रस्तावित चिडियाखाना सिलाान्यास मात्र नभइ तीन वर्ष भित्रमा पूर्ण रुपको चिडियाखाना निर्माणका लागी सम्पूर्ण राजनैतिक दल, संघ सस्था, ब्यवशायी र समग्र पश्चिमाञ्चलबासी लागी पर्नुपर्नेमा उहांको जोड रहेको थियो । विगत ६ वर्षदेखि पोखरामा नया पर्यटकीय गन्तब्य चिडियाखाना निर्माण गर्ने उद्देश्यका साथ पोखरा महोत्सवको आयोजना गर्दै आएको युनाइटेड क्लव पोखराका अध्यक्ष हिमालय बख्रेललाई पोखरामा भएको सर्वदलिय भेलाले पोखरा अन्तराष्ट्रिय चिडियाखाना निर्माण समितिको संयोजक तोकेपछि बख्रेलको संयोजकत्वमा निर्माण भएको समितीको पहलमा लेखनाथको पचभैया वरपर रहेका सामुदायिक बनहरुलाई समेटेर १ सय ३५ हेक्टर जंगलमा चिडियाखाना निर्माण हुने भएको हो ।
लेखनाथ नगरपालिका ११, १२ र १४ नम्बर वडामा पर्ने पचभैया सामुदायिक बन उपभोक्ता समुह, चैनपुर सामुदायिक बन उपभोक्ता समुह र चायापानी चिसाकुना सामुदायिक बन उपभोक्ता समुह अन्तर्गत पर्ने १ सय ३४ हेक्टर जमिनमा निर्माण हुन लागेको चिडियाखाना सिलान्यासको एक वर्ष भित्रमा तारवार लगाइ जंगल सफारी सञ्चालनमा ल्याउने र बांकी काम ५ वर्ष भित्रमा सम्पन्न गराईने लक्ष्य राखिएको छ । रुपाताल संगै जोडिएको सामुदायिक बनहरुमा चितुवा,मृग,अजिंगर लगायत विभिन्न प्रजातिका चराचुरुङगी सहित १ सय ३४ प्रजातिका जीवजन्तु र ३ सय ३६ प्रजातिका बनस्पतिहरुका साथै सिता गुफा समेत रहेको छ ।
प्रस्तावित पोखरा अन्ताराष्ट्रिय चिडियाखाना निर्माण समितिका संयोजक हिमालय बख्ेलको अध्यक्षतामा शुक्रबार आयोजित शिलान्यास कार्यक्रममा वन्यजन्तु विज्ञ जुद्ध वहादुर गुरुङ, पोखरा उपत्यका नगर बिकास समितीका अध्यक्ष प्रकाश मोहन खनाल, पूर्व अध्यक्ष विश्व प्रकाश लामिछाने, बन डाइरेक्टर शान्त मोहन ताम्राकार,लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बावुराम गिरी,जिल्ला बन कार्यालय कास्कीका डि एफ ओ प्रभात सापकोटा,एमाले कास्की अध्यक्ष कृष्ण थापा,एमाओवादी अध्यक्ष दिपक कोइराला,पत्रकार महासंघ कास्कीका सभापति रामकृष्ण ज्ञवाली, कोपिला रानाभाट, राममणी लामिछाने,कालिदास सुवेदी, शुकवहादुर गुरुङ, पोखरा लायन्सका धु्रव थापा,विष्णु प्रसाद पौडेल लगायतले वोल्नुभएको थियो ।