सगरमाथा सिमेन्टको पोखरामा डिलर मिट

दिननाथ बराल
पोखरा, १७ साउन

त्रिवेणी गु्रपको उत्पादन सगरमाथा सिमेन्टले पोखरामा डिलर मिटको आयोजना गरेको छ । सिमेन्टको बारेमा डिलरहरुलाई जानकारी गराउदै बजार प्रवद्र्धन गर्ने उद्धेश्यले शनिबार पोखरामा उक्त कार्यक्रम आयोजना गरीएको सगरमाथा सिमेन्टका सेल्स हेड आदित्य सराफले बताए ।
उनका अनुसार उक्त अवसरमा करीब ६० वटा डिलरका संचालकहरुलाई सगरमाथा अवार्डबाट सम्मान गरीएको छ । फुलवारी रिसोर्टमा आयोजना भएको कार्यक्रममा हाँस्य कलाकार जितु नेपाल ९मुन्द्रे०, चर्चीत गायक शिव परिवार र स्थानीय कलाकारको प्रस्तुतीःले सहभागिहरुलाई सगरमाथा सिमेन्टको महत्वको बारेमा चर्चा गर्दै भरपुर्ण रुपमा मनोरन्जन दिएका थिए । देश भरीका करीब ३ सय ५० जना डिलरका संचालकहरुको भेला गराई अन्य सिमेन्ट भन्दा सगरमाथा सिमेन्ट छुट्टै पहिचान भएको कम्पनीले दाबी गरेको थियो ।

दाङको घोरहीमा उद्योग रहेको सगरमाथा सिमेन्टले विगत दुई बर्ष देखि बजारमा सिमेन्ट विक्रि वितरण गर्न सुरु गरेको हो भने गण्डकी तथा धौलागिरीमा एक बर्षदेखि विक्रि वितरण गर्दै आएको मार्केटीङ प्रतिक अधिकारीले बताए । उनका अनुसार हाल दैनिक जसो ७ सय ५० मेटिक्टन सिमेन्ट उत्पादन गर्ने भएको छ । देश भर करीब ८ सय वटा डिलरहरु रहेको उनले जनाए । सिमेन्टमा प्रयोग हुने क्लीङकर आफै उत्पादन गर्ने भएकोले अन्य सिमेन्ट भन्दा आफुहरुको सिमेन्ट केहि सहुलियतमा बजारमा आएको अधिकारीले दाबी गरे ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button