पोखरा फाइनान्सको शाखा नयांपुलमा

दिननाथ बराल
पोखरा ७, साउन

पोखराको न्युरोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले कास्कीको सल्यान गा।वि।स।नयांपुल बजारमा शाखा विस्तार गरेको छ । फाईनान्सले एक समारोहका विच विहिबार आफ्नो चौथो शाखाको रुपमा नयाँपुलमा शाखा विस्तार गरेको फाईनान्सका नायव कार्यकारी प्रमुख राजु मोहन भट्टराईले बताए ।

संस्थाका संस्थापक अध्यक्ष क्याप्टेन यम बहादुर गुरुङले उक्त शाखाको समुद्घाटन गर्दै फाईनान्सले जनतालाई सुविधा दिन आफुहरु गाँउ सम्म जान चाहेको बताए । विभिन्न कर्जा तथा बचत योजना, एटिएम लगायत रेमिटेन्सको सेवा समेत प्रदान गर्दै आएको उनले बताए ।
उक्त अवसरमा संस्थाको सामाजिक उत्तरदाहित्व अन्र्तगत फाईनान्सका अध्यक्ष भुवन सिहं गुरुङले फाईनान्सको तर्फबाट नयापुलको सरस्वती आमा समृ्हको सामाजिक कार्यको सहयोगार्थ दश हजार रुपैया सहयोग हस्तान्तरण समेत गरे ।

पोखरा र काठमाण्डौमा शाखा सञ्चालन रहेको यस वित्तीय संस्थाको चुक्ता पृ्ंजी ३३ करोड ७ लाख २० हजार रहेको छ भने आर्थिक बर्ष २००७१÷०७२ मा कुल निक्षेप २ अर्व ७१ करोड रहेको छ । साथै २ अर्व ३० करोड कर्जा लगानी रहेको फाईनान्सले यस आर्थिक बर्ष असार मसान्तरसम्म २५ करोड १ लाख संचालन मुनाफा आर्जन गर्न सफल भएको नायव कार्यकारी प्रमुख भट्टराईले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button