युवा पत्रकार पुरस्कारबाट पत्रकार दिननाथ बराल सम्मानित

समाचारकक्ष

पोखरा ५, भदौ

रोट्–याक क्लव अफ पोखराबाट पत्रकार दिननाथ बराल सम्मानित भएका छन । रेडियो अन्नपुर्ण, कारोवार दैनिक, ग्रेटरपोखरा लगायतका संचार माध्यममा आवद्ध बरालले विगत १२ बर्षदेखि स्वच्छ पत्रकारीतामा क्रियाशिल हुदै आएको भन्दै क्लवले युवा पत्रकारबाट सम्मान गरेको हो । नेपाल पत्रकार महासंघ कास्की शाखाका  सदस्य समेत रहेका बराललाई शबिनार पोखरामा आयोजित समारोहमा कार्यक्रमका प्रमुख अतिथि विश्व साईकल यात्री पुष्कर शाह, रोट्–याक क्लव पोखराका अध्यक्ष सुजन लामिछाने, निवर्तमान अध्यक्ष अर्जुन खनालले कदरपत्र सहित दोसला र खादा लगाउदै बराललाई सम्मान गरेका हुन । रोट्—याक्ट क्लव अफ पोखराको १४ औं पदस्थापना कार्यक्रमको अवसरमा युवा पत्रकारको रुपमा पहिलो सम्मानको संस्कार  सुरुवात गरेको निवर्तमान अध्यक्ष खनालले बताए ।

कार्यक्रममा बोल्दै विश्व साईकल यात्री शाहले आफुले पैसा भन्दा ईच्छा भएरै विश्वका १ सय ५० देशको चुनौतिपुर्ण रुपमा साईकल यात्रा पुरा गरेको अनुभव सुनाए । विदेश जान चाहाने युवाहरुलाई गतिलो उदाहरण दिदै उनले भने “विश्वकै सपनाको देश अमेरीकामा समेत चोरी डकैति कायम रहेको छ, यदी तपाईहरु विदेश जार्दै हुनुहुन्छ भने एक पटक सोचेर मात्र जानुहोस विदेशमा कति कठिन हुन्छ भनेर ।” उनले उर्भर भुमि बाजो छाडेर खाडी मुलुक मरभुमिमा काम गर्न नजान युवा पिढिलाई आग्रह गरे । साईकल यात्राको क्रममा ११ बर्षको दौरानमा ११ वटा विवाहको प्रस्ताव, ११ वठटा ठाँउमा लुटिएको उदाहरण दिदै  आफुसंग ईच्छा शक्ति भएको कारण साहासिक रुपमा साईकल यात्रा पुरा गरेको उनले दाबी गरे । रोटरीयन जगन गुरुङले क्लवले सामाजिक क्षेत्रमा उत्कृष्ट काम गर्न सुझाव दिदै आवश्यक सहयोगको लागि समन्वय गर्न तयार रहेको बताए ।

रोट्–याक क्लव अफ पोखरा सन २०१५÷०१६ का अध्यक्ष सुजन लामिछानेलाइ पुर्व अध्यक्ष शोभकान्त सिग्देलले र अध्यक्ष लामिछानेले क्लवका अन्य पदाधिकारीहरुलाई पदस्थापना गरेका हुन । त्यसै गरी प्रिसिडेण्ट ईलेक्टमा शिवलाल सुनार, भाईस प्रिसिडेण्टमा सुदिप गुरुङ, सेक्रेटरी शोभा गिरी, जोएन्ट सेक्रेटरीमा राजुप पौडेल, ट्रेजरमा अनिल पालिखे, प्रोफसर डेभलपमेन्ट डाईरेक्टमा रविन्द्र बस्ताकोटी, सव सर्भिस डाईरेक्टरमा अनिल खड्का, ईन्टरनेश्नल सर्भिसमा बिशालजित अधिकारी, ईडिटरमा निरज वानिया, कम्युनिटि सर्भिसमा भुवन पौडेल लगयातका अन्य सदस्यहरु रहेका छन । रोटरी क्लव अफ पोखराका अध्यक्ष मोहनसिंह खड्का, क्लवका पुर्व अध्यक्ष राजु पौडेल, शोभाकान्त सिग्देल, संदिप कार्की, ईलेक्ट प्रिसिडेण्ट शिवलाल सुनार, सदस्य भवानी थापा, नम्रता थापा लगायतले बोलेका थिए । रोट्–याक क्लव अफ पोखरा सन २०१४÷०१५ का अध्यक्ष अर्जुन खनालले आफनो एक बर्षीय कार्यकालमा सहयोग गर्नु हुने व्यक्तिहरुलाई मायाको चिनो तथा अवार्ड वितरण गरेका थिए । अध्यक्ष लामिछानेले भने एक बर्षे कार्यकाल जिम्मेवारपुर्ण सफलता पुर्वक सम्पन्न गर्ने वचन दिएका छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button