आन्तरिक पर्यटनलाई वढवा दिन सकेको खण्डमा मात्र नेपालको पर्यटन क्षेत्र दिगो हुने- टेसा साधारणसभा

  • पोखरा न्यूज
  • २०७२ भाद्र ५
Post Thumbnail

दिननाथ बराल

पोखरा ५, भदौ 

ट्रेकिङ्ग इक्युपमेन्ट शप एशोसिएसन (टेसा) पोखराको १८ औं वार्षिक साधारण सभा कास्कीको माछापुच्छ्रे गाविसको पर्यटकीय गाँउ मिर्सामा सम्पन्न भएको छ ।

साधारणसभाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल पर्यटन वोर्डका पूर्व सदस्य तथा टेसाका सल्लाहकार अग्नि कँडेलले दिगो पर्यटन विकाशका लागी आन्तरिक पर्यटकका लागी विभिन्न प्याकेजका कार्यक्रम ल्याउनु पर्नेमा जोड दिए । आन्तरिक पर्यटनलाई वढवा दिन सकेको खण्डमा मात्र नेपालको पर्यटन क्षेत्र दिगो हुने उनले दाबी गरे । उनले भने “विश्वमा विभिन्न घटना क्रमले बिदेशी पर्यटकलाई प्रभाव पार्ने भएकाले आन्तरिक पर्यटकलाई स्थान दिन सके दिगो पर्यटन विकाश हुन सक्छ, स्वदेशकै एक ठाँउको व्यति अर्को ठाँउमा जानसक्छ । ”

पोखरा पर्यटन परिषदका कोषाध्यक्ष नारायणप्रसाद सापकोटाले भुकम्पबाट प्रभावित भएको पर्यटन क्षेत्र टेसाको एक रात दुई दिनको होमस्टे कार्यक्रमले पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे । पश्चिमाञ्चल होटल संघका द्धितिय उपाध्यक्ष लक्ष्मण सुवेदीले भुकम्पबाट प्रभावित भएको पर्यटन क्षेत्र पटक पटकको बन्दले गर्दा झन मार खेप्नु परेको गुनासो गरे ।

 स्थानिय समाजसेवी सूर्य गुरुङ्गले पोखरा देखि नजिक रहेको उक्त होम स्टे आफुहरुले सोचे अनुरुपको विकास गर्न नसकेको बताए । संघका अध्यक्ष चन्द्रप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा एगा पोखराका अध्यक्ष पुष्कर बहादुर थापा, टेसाका उपाध्यक्ष रामचन्द्र गिरी, कार्यक्रम संयोजक नारायण सुवेदी, सचिव नारायणप्रसाद सापकोटा, पत्रकार घनश्याँम पाण्डे लगायतले भूकम्पबाट थलिएको पर्यटन क्षेत्रलाई माथि उकास्न यस्ता होम स्टे कार्यक्रममा प्रवद्र्धन गर्न सघाउ पुराउनेमा जोड दिए । टोलीमा दुई जमर्नी पर्यटक सहित ५३ जनाको सहभागी रहेको थियो ।

सुक्रबार पोखराबाट लामाचौर हुदै घारापानी (तातोपानी) हुदै मिर्सा गाँउ पुगेको टोली शनिबार दिउसो पोखरा फर्किएको हो । मिर्सा गाँउमा पुगेका पर्यटकहरुलाई स्थानीय आमा समुह तथा स्थानीयले फुलमालाले स्वागत गरेका थिए भने वेलुका सांस्कृतिक कार्यक्रमबाट मनोरन्जन दिएको स्थानीय बुद्धिकुमारी गुरुङले बताईन । उनले भनीन “हामीले हाम्रो गाँउमा आएका पर्यटकहरुलाई अर्गानिक खानाको स्वादमा परिवारको सदस्य ठानेर खाना बस्नाको व्याबस्था गछौं । ”



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस