पोखरा, ७ भदौँ :
पोखरा माथिल्लो दीपमा भ्वाङ् पर्दा एक घरका ४ परिवार विस्थापित भएका छन् । शनिबार राती परेको ठूलो पानीले माथिल्लो दीप स्थित प्रेम कुमारी गुरुङको घर अगाडी ठूलो भूवान पर्दा घर जोखिममा परेको हो ।
भ्वाङ्गका कारण घरको पर्खाल भत्किएको र घर नै दबेपछि त्यस घरमा भाडामा बस्ने ४ जनाको परिवार अन्यत्रै सरेका छन् । भूवानका कारण बगर महेन्द्रगुफा मार्गको माथिल्लो दीप सडक खण्ड नै जोखिममा परेको छ । सडकको दायाँबायाँ चिरा परेको छ ।
गएराति परेको ठूलो पानीले जमिन भाँसिएको घरधनी एंव स्थानियवासी गुरुङले बताउनुभयो । उहाँले काबेरी नामक संस्थाले नाला उच्च बनाएको त्यसका कारण पानी ठेलिएकाले भूवान परेको बताउनुभयो । नाला निर्माणका विषयमा टिक पटक नगरपालिकालाई जानकारी गराएपनि कूनै सुनुवाई नगरेका कारण अहिले जोखिम बढेको उहाँको भनाई छ ।
भुवाङ्ग परेको क्षेत्रको आजै सभासद शारदा पौडेलले निरिक्षण गर्नुभयो । निरिक्षण पछि उहाँले जोखिम न्युनिकरणका लागी काम गर्न जिल्ला प्रशासन कार्यालय कास्कीलाई निर्देशन दिनुभएको स्थानिय कांग्रेस नेता पुष्पराज तिमिल्सिनाले जानकारी दिनुभयो । उक्त क्षेत्रको जोखिम बढेको भन्दै तिमिल्सिनाले स्थानिय प्रशासनको समेत ध्यानकषर्ण गराउनु भएको छ । बन्दको बेला भ्वाङ्ग परेका कारण आइतवार दिनभरी नै भ्वाङ्ग हेर्नेको त्यस क्षेत्रमा घुइचो लागेको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution