कास्की फाइनान्सले १८ प्रतिशत वोनस शेयर दिने

  • पोखरा न्यूज
  • २०७२ भाद्र ८
Post Thumbnail

दिननाथ बराल

पोखरा ८, भदौ : 

पोखराको न्युरोडमा प्रधान कार्यालय रहेको कास्की फाइनान्स लिमिटेडले आफ्ना शेयरधनीहरुलाई १८.१७ प्रतिशत वोनस शेयर दिने भएको छ । आर्थिक वर्ष २०७१÷०७२ को मुनाफावाट उक्त वोनस शेयर दिने भएको प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए ।

कम्पनीको सञ्चालक समितिको वैठकबाट निर्णय भई नेपाल राष्ट्र बैंकवाट स्वीकृत भैसकेको यो नाफा आगामी भाद्र २९ गते हुने वार्षिक साधारण सभावाट पारित भए पश्चात वितरण गरिने अधिकारीले जनाए । संस्थाले गत आ.व.मा २ अर्व ८० करोड निक्षेप संकलन गरी २ अर्व ४३ करोड कर्जा लगानी गर्दा १० करोड १० लाख संचालन मूनाफा आर्जन गर्न सफल भएको फाइनान्सले जनाएको छ ।

यस संस्था र कामना विकास वैंक  विच मर्जरको लागि समझदारी पत्रमा हस्ताक्षर समेत भई राष्ट्रिय स्तरको विकास वैकका रुपमा कारोवार गर्ने तयारी गरेको छ । हाल संस्थाको केन्दी्रय कार्यालय सहित ११ शाखा कार्यालयहरु संचालनमा रहेका छन ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस