सहारा क्लवले बसपार्कमा रहेको खाल्टा खुल्टी पुर्यो

दिननाथ बराल

पोखरा ८, भदौ

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

पोखराको सहारा क्लवले पोखराको अव्यवस्थित पुरानो बसपार्कमा रहेको खाल्टा खुल्टी पुरेको छ । २०५५ सालमा स्थापना भएको क्लवले पोखरा उप महानगरपालिका वडा नं. ९, अवस्थित अव्यवस्थित पुरानो बसपार्कलाई मर्मत सम्भार, फोहर मैला व्यवस्थापन, ट्रयाकको व्यवस्थापन एवं विजुली बक्ति जडान गर्दै आई रहेको छ ।

हाल बसपार्कमा पर्न गएको ठुला ठुला खाडलबाट यात्रुहरुलाई असुविधा हुदा भएकोले यउस प्रति कसैको ध्यान नपुगेका कारणले आफुहरुले उक्त खाल्टा खुल्टी पुरेको सहारा क्लवका अध्यक्ष विरभद्र आचार्यले बताए ।  उनका अनुसार खाडल पुर्नको लागि करिब १ लाख ९० हजार खर्च भएको छ । केहि समय अघि ३८ हजारको ग्रावेल राखिएको थियो भने पछिल्लो क्रममा ठुलो टिप्परको २५ टिप ग्रावेल राखिएको क्लवले जनाएको छ ।

वि. सं. २०३३ देखी बसपार्क बनाउनको लागि जग्गा अधिकरण गरि राखिएता पनि राज्यको प्राथामिकतामा पर्न नसकेकोमा अध्यक्ष आचार्यले गुनासो गरे । उनले भने “बसपार्क निमार्णमा सरकारी निकायको हालसम्म कसैको ध्यान पुगेको छैन, पोखरा बाहिर कुनै पनि ठाँउमा जादा पोखरा बसपार्क कस्तो छ भनी प्रश्न सोध्ने गरेकोले हामीलाई निकै नराम्रो लागेको छ ।” अव्यवस्थित बसपार्कलाई यथाशिध्र निर्माण गर्नको लागि सम्वधित सबैमा छिटो पहल गर्न उनले आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button