सिटी बैंकको शाखा लामाचौरमा

  • पोखरा न्यूज
  • २०७२ भाद्र ५
Post Thumbnail

दिननाथ बराल

पोखरा ५, भदौ :

पोखराको महेन्द्रपुलमा प्रधानकार्यालय रहेको सिटी डेभलपमेण्ट बैंकले पोखरा लामाचौरमा शाखा स्थापना गरेको छ । शनिबार एक समारोहका विच बैंकको १६ औं शाखाकोे रुपमा लामाचौरमा  शाखा उद्घाटन गरीएको बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकका पुर्व गभर्नर डा. युवराज खतिवडाले बैंकको शाखाको उद्घाटन गर्दै समावेशी आर्थिक विकासले नै समावेशी राज्यको सम्पुर्ण पक्षलाई समेट्ने बताएइ । क्षेत्रगत लगानी गर्नुपर्ने अवधारणा अन्तर्गत कृषि क्षेत्रको लगानीमा जोड दिंदै आइरहेको समयमा सिटी डेभलपमेण्ट मार्फत ६ प्रतिशत ब्याजदरमा कृषि कर्जा लगानीको अफर लेटर वितरण गर्न पाँउदा आफुलाई खुशी लगेको समेत बताए ।

उक्त अवसरमा माछापुच्छ«्रे कृषि केन्द्र पुरुञ्चौर, गण्डकी ट्राउट फार्म सार्दिखोला, अन्नपुर्ण क्षेत्रदिप रेन्वो ट्राउट कृषि अनुसन्धान केन्द्र सार्दिखोला, सुरज काउ फार्मले यस क्षेत्रलाई नेपाल अधिराज्यभर चिरपरिचित गराउन र ग्रामीण इलाकामा रोजगारीको अवसर श्रृजना गर्न सफल व्यवसायीहरुको उच्च मूल्यांकन गर्दै सम्मान समेत गरीएको थियो । बैंकले हरेक बर्ष हरेक क्षेत्रका उत्कृष्ट कृषि व्यावसायीहरुलाई सम्मान गर्दै आएको छ । यस अघि सुरज काउ फार्म राष्ट्रिय स्तरको पुरस्कार प्रधानमन्त्री युवा पुरस्कारबाट समेत पुरस्कृत भएको थियो ।

२०६४ सालमा स्थापना भई समय सापेक्ष प्रविधिहरुको प्रयोग गर्दै, सुरक्षित,आधुनिक तथा ग्राहकमुखि बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको बैंकले कास्की, तनहँ, लमजुङ, मनाङ, बाग्लुङ र चितवन लगायत जिल्लाका जम्मा १६ शाखा मार्फत बैंकिङ सेवा सञ्चालन गर्दै आइरहेकोे बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले बताए ।

नेपाल राष्ट्र बैंकको कृषि कर्जा क्षेत्र अन्तर्गत पर्ने सबै कृषि कर्जा सुलभ ब्याजदरमा सरल तरिकाले उपलब्ध गराउन लागेको सो बैंकको चुक्तापुँजी ४६ करोड ८१ लाख ६० हजार रहेको बैंकले २०७२ आषाढ मसान्त सम्ममा ५ अर्ब ६ करोड निक्षेप संकलन गर्न सफल भएको अधिकारीले बताए । ४ अर्ब १६ करोड कर्जा लगानी गरि २४ करोड १५ लाख संचालन मुनाफा आर्जन  गर्न सफल भएको  उनले जनाए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस