दिननाथ बराल
पोखरा २, भदौ :
अग्रज फोटोग्राफर नारायण बाटाजु रामलाल श्रीमाया फोटोग्राफी पुरस्कारबाट पुरस्कृत भएका छन । विश्व फोटोग्राफि दिवसको अवसरमा पोखरा फोटोग्राफर संघले बुधबार पोखरामा आयोजित एक समारोहका बिच बाटाजुलाई संघले सम्मान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ कार्टुनिष्ट दुर्गा बराल (वात्सायन) संस्थाका अध्यक्ष गुरुप्रसाद तिवारी र पुरस्कारका संस्थापक गणेश छविले संयुक्त रुपमा पुरस्कार प्रदान गरेका हुन । पुरस्कारको राशी नगद ११ हजार एक सय ११ सहित सम्मान पत्र र दोसलाा रहेको छ। ३५ वर्षदेखि निरन्तर रुपमा फोटोग्राफी पेशामा आवद्व रहदै फोटोग्राफीको विकासमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै वाटाजुलाई कदर स्वरुप पुरस्कृत गरिएको संघका पुर्वअध्यक्ष दुर्गा पौडेलले बताए ।
पुरस्कृत व्यत्तित्व वाटाजु पोखराको संसार डिजिटल कलर ल्यापका संचालक हुन । पोखरा सिद्वार्थचोकका गणेश छविले पिता रामलाल श्रेष्ठ र माता श्रीमाया श्रेष्ठको सम्मानमा स्थापना गरेको सो पुरस्कार दोस्रो पटक वितरण गरिएको हो। प्रत्यक दुई÷दुई वर्षमा प्रदान गरिने सो पुरस्कार पहिलोे पटक अग्रज फोटोग्राफर विश्वरत्न शाक्यलाई प्रदान गरिएको थियो ।
कार्यक्रममा बोल्दै बरिष्ठ कार्टुनिष्ट दुर्गा बराल बात्सायनले पर्यटकीय दृष्टिकोणबाट पोखराले धेरै सम्भावना बोकेकाले फोटोग्राफरहरुले यहाँको सुन्दरतालाई प्रवद्र्वन गर्नुपर्ने बताए। अग्रज फोटोग्राफर विश्वरत्न शाक्यले बाटाजुलाई पुरस्कृत गरेर उनीप्रति न्याय गरेको बताए । पुरस्कृत बाटाजुले निरन्तर रुपमा पेशा व्यवसायमा संघर्ष गर्न सके ढिलो÷चाडो सफलता हासिल गर्न सकिने बताए ।
पोखरा फोटोग्राफर सङ्घका अध्यक्ष गुरुप्रसाद तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कैलााश बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष जीवन ढुङ्गाना, पोखरा फोटोग्राफर सङ्घ पर्वतका अध्यक्ष नारायण केसी, सिद्वार्थ क्लवका अध्यक्ष दिपेन्द्र मर्सानी, प्रतिभा छनौेट समितिका संयोजक माधवप्रसाद मिश्र, सदस्य तुल्सी सुवेदी, द्वितिय उपाध्यक्ष पर्शुराम आचार्य, पुरस्कारका संस्थापक गणेश छवि, सल्लाहकार रमेश सापकोटा, सचिव रवीनाथ दाहाल, सदस्य विष्णु शर्मा लगाायतले बोलेकोका थिए। यसअघि पोखराको चिप्लेढुङ्गा मानव अधिकारचोकबाट प्रभातफेरी निकालिएको थियो । प्रभातफेरी महेन्द्रपुल हुदै कार्यक्रमस्थल पोखरा पार्टी प्यालेसमा पुगेर सम्मान समारोहमा परिणत भएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution