पोखरा, २ भदौं :
पर्यटन मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हाल्ने तयारीमा रहनुभएका क्षेत्रीय प्रशासक दिनेशकुमार थपलियाले देशको कुल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदानलाई १० प्रतिशत पु¥याउने गरी काम गर्ने बताउनुभएको छ ।
‘कुल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रले अहिले करिव ४ प्रतिशत मात्र योगदान दिएको छ,’उहाँले भन्नुभयो, त्यसलाई बढाएर १० प्रतिशत पु¥याउन इमान्दार भएर काम गर्छु ।’१० प्रतिशत योगदान नहुदाँसम्म पर्यटन क्षेत्रले देशको अर्थतन्त्रमा योगदान गरेको नमानिने उहाँले बताउनुभयो । गत वैशख १२ गतेको भुकम्पले भत्किएका सामुदायिक विद्यालयका भौतिक संरचनाको पूर्ननिर्माणको लागि कास्कीमा थालिएको युवा स्वयमसेवा अभियानमा सहभागि संघ संस्थालाई कदर पत्र वितरण र सरुवा भई पर्र्यटन मन्त्रालयमा जान लाग्नुभएका थपलियाको सम्मानमा आज पोखरामा आयोजित शुभयात्रा कार्र्यक्रममा उहाँले झुकेर र चुकेर काम नगर्ने बताउनुभयो ।
थपलियाले पोखराको पर्यटन विकास नगरी नेपालको पर्यटन विकास गर्न नसकिने बताउँदै पोखरामा पर्यटकको बसाई लम्बाउनको लागि नयाँ गन्तव्यको खोजि गरिनुपर्ने बताउनुभयो । उहाँले मन्त्रालयको सचिव हुदाँ आफुमा थप जिम्मेवारी थपिएको बताउनुभयो । ‘राष्ट्रिय महत्वको योजना बाहेकका यस आसपासमा प्रारम्भ भएका योजना बारेमा कोही पनि डेलिकेसनको लागि काठमाडौं आउन पर्दैन,उहाँले भन्नुभयो,‘म, आफै डेलिकेसन जान्छु तपाईहरुले चिन्ता लिनु पर्दैन ।’भौतिक रुपमा काठमाडौ गएपनि भावनात्मक रुपमा पोखरामै आफु हुने पनि बताउनुभयो ।
थपलियाले संघीय संरचनामा पोखरा प्रादेशकी राजधानी हुने र यसलाई गतिलो प्रदेश निर्माण गर्न सकिने बताउँदै सबैका साथ र सहयोग आवश्यक भएको बताउनुभयो ।भुकम्पले भत्किएका संरचना निर्माणको लागि युवाहरुले गरेको स्ययमसेवी अभियानले गतिलो सन्देश दिएको बताउनुभयो ।उहाँले भन्नुभयो,‘अवको पुस्तालाई निर्माण लगउनु,पर्दछ, युवाहरु कसैको हतियार बन्नुहुँदैन ।’ राम्रो र प्रभावकारी रुपमा काम गरे युवाहरुले स्यावासी लागि नभई सन्तुष्टिका लागि काम गर्छन् भन्ने सन्देश युवा स्वयसेवी अभियानले दिएको उहाँले बताउनुभयो ।
‘विपद् व्यवस्थापनमा युवा, पुर्ननिर्माणका लागि स्वयमसेवा भन्ने मुलमन्त्रका साथ थालिएको युवा स्वयम सेवा अभियान अन्र्तगत सामुदायिक विद्यालयमा राहत कक्षा कोठा निर्माणमा सहभागि र सहयोग गर्ने संघ संस्थालाई कदर पत्रले सम्मान गरिएको थियो ।क्षेत्रीय प्रशासक दिनेशकुमार थपलिया, स्थानीय विकास अधिकारी तारानाथ अधिकारी, नेपाल प्रहरीका डिआईजी पंकज श्रेष्ठ, शसस्त्र प्रहरीका डिआईजी जानकीराज भट्टराई, अनुसन्धानका डिआईजी यादव रेग्मी, जिल्ला शिक्षा अधिकारी अम्बिकाप्रसाद आचार्य, एकिकृत नेकपा माओवादी कास्कीका अध्यक्ष दिपक कोइराला, पत्रकार महासंघका केन्द्रीय सदस्य रुद्रप्रसाद भट्ट लगायतले कदरपत्र वितरण गर्नुभएको थियो । स्वयमसेवी संस्थाहरु, सहयोग दाता र आर्थिक सहयोगि संस्था गरी ५६ संघ संस्थालाई कदरपत्र वितरण गरिएको थियो । युवा स्वयमसेवी अभियान अन्र्तगत कास्कीमा २६ सामुदायिक विद्यालयमा ७४ वटा राहत कक्षा कोठासहित पर्वत, तनहुँ, लमजुङ, गोर्खा र धादिङमा गरी ३२ विद्यालमा १ सय ६ वटा राहत कक्षा कोठा निर्माण गरिएको युवा स्वयम सेवा अभियानका संयोजक दीपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार अभियानमा निर्माण सामाग्री चित्रा, सुकेको बाँस वाइण्डिङ्ग वायर र ढुवानीको लागि कुल ५ लाख ३८ हजार ९ सय ९० खर्च भएको छ ।अभियानमा फेवा फाइनान्स, रोटरी क्लव अफ फिष्टेल, रविना फाउण्डेसन, आर्ट अफ लिभिङ पोखरा, दि माउण्ट कैलाश रिसोर्ट, कास्की जिल्ला टेनिस संघ, सम्मोहन साहित्यीक पत्रिका, ढिकुरपोखरी सम्पर्क समाज दक्षिण कोरिया, रामबहादुर पौडेल र दीपेन्द्र श्रेष्ठले गरी ५ लाख ३८ हजार ९ सय ९० आर्थिक सहयोग संकलन भएको थियो । कार्यक्रममा सरुवा भएर जान लाग्नु भएका क्षेत्रीय प्रशासक दिनेककुमार थपलियालाई शुभयात्रा भन्दै नागरिक समाज पोखराका शशी तुलाचनले मायाको चिनो प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा जिल्ला शिक्षा अधिकारी अम्बिकाप्रसाद आचार्यले युवा स्वयमसेवी अभियानबाट कास्कीका सामुदायिक विद्यालमा जेठको पहिलो शाता बाट नै पठान पाठन गर्न सकिएको बताउनुभयो ।एकिकृत नेकपा माओवादीका अध्यक्ष दिपक कोइराला र पत्रकार महासंघका केन्द्रीय सदस्य रुद्र भट्टले युवाहरु राजनीतिक आन्दोलनमा मात्र नभइ पूर्न निर्माणमा पनि जुट्छन् भन्ने सन्देश अभियानले दिएको बताउनु भएको थियो ।कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत नागरिक समाज पोखराका अध्यक्ष रामबहादुर पौडेल र संचालन युवा स्वयमसेवा अभियानका संयोजक दीपेन्द्र श्रेष्ठले गर्नुभएको थियो ।