दिननाथ बराल
पोखरा ९, भदौ
पर्यटकीय नगरी पोखरा देखि काठमाण्डौको जोरपाटीसम्मको लागि एसि सहितको सिधा वस सेवा आज बुधबारदेखि संचालनमा आएको छ । शुभ अधिकारी ट्राभल्स प्रालिले उपभोक्ताहरुको सेवालाई मध्यनजर गरी उक्त सेवा बुधबार देखि संचालनमा ल्याएको प्रालिका प्रोपाईटर टिकाराम अधिकारीले बताए ।
उनले भने “अन्य यातयात क्षेत्रमा भन्दा हामीले केहि फरक सेवा दिन लागेका छौं, पोखरादेखि काठमाण्डौको कलंकी, बालाजु, गौङगबु, महाराजगन्ज, चावहिल हुदै जोरपाटनसम्म सेवा दिने छौं ।” बिद्यार्थी, असक्त, अपाङग, बृद्ध गरी पाँच वटा आरक्षणसिट छुट्याएको प्रालिले उनीहरुको लागि बिषेश छुट २५ प्रतिशत सम्म छुट दिने भएको अधिकारीले जनाए । पोखरा काठमाण्डौ रुटमा चल्ने सेवामा एसि बसको सबै भन्दा सहुलियत ६ सय रुपैया शुल्क रहेको उनले बताए । आरामदायी सिट, वाईफाई सेवा, पत्रपत्रिकाको ब्यवस्था मिलाएको अधिकारीले जनाए । पृथ्बीराजमार्ग बस संचालक समिति द्धारा उक्त वस संचालीत हुने भएको छ ।
प्रालिले यस अघि पुर्वको काँकडभित्ता, विराटनगर, धरान, विरगन्ज, जनकपुर, पश्चिम मेहन्द्रनगर, धनगडी, सुर्खेत नेपालगञ्ज, दाङ, सुनौली सम्मको सेवा दिदै आएको अधिकारीले दाबी गरे । अधिकारी ट्राभल्सबाट शुभ अधिकारी ट्राभल्स भएपछि हाल प्रालिमा ८ वटा बसहरु रहेका छन । पोखरा काठमाण्डौको लागि ३ वटा बसहरु रहेका छन । ८० लाख मुल्य बराबरको युरो थ्रि मापदण्डका ३५ सिटे बसहरु रहेका छन । प्रालिले हाल १५ जनालाई रोजगार दिएको छ ।
यसैबिच उक्त कार्यक्रमको उद्घाटन गर्दै नोपल राष्ट्रिय यातयात व्याबसायी महासंघका पश्चिमाञ्चल संयोजक धर्मराज अधिकारीले यातायात क्षेत्र अझै पनि असुरक्षित रहेको र सरकारले यसलाई सुरक्षाको प्रत्याभूति दिन नसकेको गुनासो गरे। उनले भने २१ दिन देखि पूर्व गएका गाडी पूर्वमै राकिएका छन् भने केही गाडी बाटोमै राकिएको हुदाँ कुन बेला तोडफोड र आगजनी हुने हामीलाई निकै चिन्ता लागेको छ । पृथ्वी राजमार्ग बस सञ्चालक समिती विस्थापन निति अन्तर्गत पुराना गाडी विस्थापित गरी नयाँ र अत्याधुनिक बस सेवा सञ्चालन गरेकोमा प्रशंसा गरे ।
यातयातको क्षेत्रमा समय अनुसार प्रतिष्प्रर्धा बढ्दै गएको राष्ट्रिय यातयात व्यवसायी महासंघका केन्द्रीय सदस्य केशवराज अधिकारीले बताए । उनले सुविधा दिने नाममा कसैले पनि कुनै यात्रु तथा मजदुर माथि दुव्र्यवहार गर्न नहुने बताए । पोखरा वस व्यवसायी समितिका अध्यक्ष रमेश गिरीले यातायात व्यवसायीहरुले एक आपसमा समन्वय गरेर अगाडि बढ्नुपर्ने बताए । नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखेले पर्यटकिय नगरी पोखरामा पर्यटक भित्राउन यस्तो सेवाले टप टेवा पुराउने विश्वास व्यक्त गरे ।
अभियान युवा क्लवका अध्यक्ष वसन्त गिरीले पहिले पहिले बिरामी बोकेर गाडी चढ्न सृजनाचोक÷पृथ्वीचोक पुग्नु पर्ने समस्या थियो भने अहिले घर नजिकै प्रालिले यो बस सेवा सञ्चालनमा ल्याएकोमा खुसी व्यक्त गरे । पृथ्बीराजमार्ग वस संचालन समितिका उपाध्यक्ष ज्ञानबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत महासचिव योगेन्द्र केसीले गरेका थिए भने सञ्चालन मोडन ईरा टुर्स एण्ड ट्राभल्सका कार्यालय प्रमुख टिकाराम भण्डारीले गरेका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution