प्याराग्लाइडीङ पाईलटको ईजाजत पत्र दिन पोखराबाट सुरु

  • पोखरा न्यूज
  • २०७२ भाद्र ९
प्याराग्लाइडीङ पाईलटको ईजाजत पत्र दिन पोखराबाट सुरु

दिननाथ बराल

पोखरा ०९, भदौ : 

नेपाली प्याराग्लाईडीङ पाईलटहरुमा यति वेला खुसि छाएको छ । विगत डेड दशक देखि अनुमति पत्र माग गर्दै विभिन्न मन्त्रालयसम्म धाउने गरेका पाईलटहरुलाइ नेपाल सरकारले अस्थाइ रुपमा भए पनि प्याराग्लाईडीङ पाइलटको इृजाजत पत्र दिन थाले पछि नेपाली पाईलटमा खुसि छाएको हो ।

नेपाली पहिलो प्याराग्लाईडीङ पाईलट राजेश वमजनले लामो समय पछि मात्र नेपाल सरकारले प्याराग्लाईडीङको इृजाजत पत्र दिएर यस क्षेत्रको ढोका खुलेको बताए । उनले भने “अब हामी वैधानिक भयौं, हामी वैधानिक भए पछि यसबाट हामीलाई धेरै फाईदा हुने छ, विमा लगायतका कुरा यसमा जोडिन्छ ।” उनले वेलायतका एडमहिलबाट प्याराग्लाईडीङ सिकेका हुन भने अमेरकीकाको एक कम्पनीबाट प्याराग्लाईडीङको इृजाजत पत्र दिएका थिए । उनी जस्तै अन्य केहि नेपालीले विदेशी संघ संस्थाबाट प्याराग्लाईडीङको इृजाजत पत्र लिएर व्यावसायीक रुपमा टेण्डम फ्लाईट गर्दै आएका थिए भने केहिले नाको मापदण्ड पुरा गरी नाको अनुमतिमा व्यावसायीक रुपमा फ्लाईट गर्दै आएका छन ।

बुधबार देखि साहासिक खेल प्याराग्लाईडीङको पोखराबाट नेपालमा पहिलो पटक ईजाजत–पत्र दिन सुरु भएको छ । नेपाल नागरीक उड्डयन प्राधिकरण पोखरा नागरीक उड्डयन कार्यालयले अस्थाई रुपमा प्याराग्लाईडीङको ईजाजत पत्र दिन सुरु गरेको पोखरा नागरीक उड्डयन कार्यालयका प्रमुख दिपक बरालले बताए । उनका अनुसार केहि प्रावधान पुरा गरेका प्याराग्लाईडीङ पाईलटहरुलाई उनीहरुको उडान (फ्लाईट) गरेका आधारमा परिक्षण गरी स्थायी ईजाजत पत्र नहुदासम्मको लागि भनी अस्थाई इजाजत पत्र दिन सुरु भएको छ । ईजाजत लिएका पाईलटले हरेक १५ दिनमा करीब ४ हजार ५ सय रुपैया राजश्व तिर्नुपर्ने छ ।

उनले भने “बुधबार नेपालमै पहिलो पटक हामीले पोखराबाट नेपाली पहिलो प्याराग्लाइडीङ पाईलट राजेश वमजन सहित ४ जनालाई यसको ईजाजत पत्र दिएका छौं ।” अब हवाई खेलकुद संस्था नाको सिफारिसमा आएका नेपाली प्याराग्लाईडीङका पाईलटहरुले अस्थायी ईजाजत पत्र प्राप्त गर्न नागरीक उड्डयन कार्यालय टोलीको रेखदेखमा राम्रोसंग प्याराग्लाईडीङ गरेकाहरुलाई मात्र अस्थाई ईजाजत पत्र प्रदान गरीने भएको छ । वमजन सहित दामोदर पराजुली, सानुबाबु सुनुवार र विमल अधिकारीले प्याराग्लाईडीङको अस्थाई इृजाजत पत्र प्राप्त गरेका हुन । नागरीक उड्डयन कार्यालयका प्रमुख दिपक बरालले उनीहरुलाई प्याराग्लाइडीङ पाईलटको अस्थाइ इजाजत पत्र दिएका हुन । धेरै बर्ष देखि आफुहरुले प्याराग्लाईडीङका पाईलटहरुलाई कानुनी दायरामा ल्याउने प्रयास भए पनि बल्ल सफल हुने बाटोमा आएको बरालले जनाए ।

केहि प्राविधिक कुराहरु मिलाउनको लागि स्थाई ईजाजत पत्र दिन ढिलाई भएको बताउदै उनले स्थाई ईजाजत पत्र दिने वातावरण नभएसम्म अस्थाई इृजाजत पत्रले नै काम गर्ने बाटो खुलेको बताए । उक्त ईजाजत पत्र लिनको लागि २५ डलर शुल्क लाग्ने भएको प्रमुख बरालले बताए । पहिलो चरणमा करीब एक सय जनालाई अस्थाई प्याराग्लाईडीङ पाइलटको इृजाजत पत्र दिने भएको उनले बताए । सोलो र टेण्डम दुबैको लागि अनमुति पत्र लिने प्रावधानलाई आफुहरुलाई अब कडाई पार्ने प्रमुख बरालले बताए ।

उनले भने “हामीले प्रदान गरेको अस्थाई इृजाजत पत्रमा हरेक व्यक्तिले कस्तो फ्लाईट गर्यो ?, कुनै घटना घटेर पनि लुकाएको खण्डमा पछि थाहा भएमा उनीहरुको हरेक रिपोर्ट उल्लेख गरीने भएको छ । ”

पर्यटकीय नगरी पोखरामा पछिल्लो क्रममा पर्यटकहरुको मुख्य आकषर्णको केन्द्र बन्दै आएको साहासिक खेल प्याराग्लाईडीङले पर्यटकहरुलाई आकषर्ण गर्दैै आएको नाका उपाध्यक्ष सोविन वानियाले बताए । उनका अनुसार हाल पोखरामा ५० वटा जसो प्याराग्लाइएडीङ कम्पनीहरु दर्ता भएका छन । पोखरामा हाल १ सय २० जना जसो टेण्डम (व्यावसायीक) प्याराग्लाईडीङ पाईलट रहेका छन भने १ सय ५० जना सोलो (सिकारु) पाईलटहरु रहेको वानियाले जनाए । वानियाका अनुसार ३ बर्षमा १२ सय घण्टा सोलो फ्लाईट गरे पछि मात्र टेण्डम फ्लाईटको लागि प्रशिक्षण गर्न सकिने छ । पोखरामा सन १९९६ सालदेखि प्याराग्लाईडीङ खेलको सभारम्भ भएको वानियाले जनाए ।

प्याराग्लाईडीङ कम्पनीहरुलाई नेपाल सरकारले कानुरी दायरामा ल्याए पनि पाईलटहरुलाइ आफ्नो कानुनी दायरामा ल्याउन नसक्दा एक त प्याराग्लाईडीङ व्यावसाय धरासाही बन्दै आएको थियो भने अर्को लाखौं राजश्व संकलन हुन सकेको थिएन । उक्त ईजाजत पत्र प्राप्त भए पछि पाईलट र प्याराग्लाईडीङ गर्न चाहाने कुनै पनि दोश्रो व्यक्तिको समेत विमा हुने भएको वानियाले जनाए । पोखराको प्याराग्लाईडीङको क्षेत्रमा करीब एक अर्व जसो लगानी पुगेको व्यावसायीहरु बताउछन ।

पोखरामा १७ बर्ष देखि सुरु भएको प्याराग्लाईडीङको व्यावसायीक उडानलाई व्यबस्थीत पार्न नसक्दा हुने दुर्घटनाले धेरै कठिनाई पारेको थियो । सरकारले सराङकोट, तोरी पानी र माद्रें ढुंगाबाट प्याराग्लाईडीङ गर्ने मान्यता दिए छ । नेपाली ४ जना चेलीले व्यावसायीक रुपमा प्याराग्लाईडीङ गर्दै आएका छन । प्रतिभा वोगटी, सुनिता थापा, तृशा श्रेष्ठ र भगवती श्रेष्ठले पनि प्याराग्लाईडीङको इजाजत पत्र लिने अन्तिम तयारी गरेका छन । सिजनमा विदेशी ५० भन्दा बढी प्याराग्लाईडीङका पाईलटहरु हुने भए पनि हाल भूकम्पको प्रभावले गर्दा मुस्कीलले ५ जना मात्र भएको वानियाले जनाए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस