पोखरामा रक्षा बन्दन

दिननाथ बराल
पोखरा १२,भदौ

पोखरा क्षेत्रमा रक्षाबन्दन पर्व धुमधामसंग मनाईएको छ । यसै बिच पोखरा नयाँबजारमा रहेको ब्रह्मकुमारी इश्वरीय विश्वबिद्यालय क्षेत्रिय कार्यालय सहित पोखरा क्षेत्रमा रहेका १६ वटा शाखा तथा केहि कार्यालयमा पुगेर ओम शान्तिका प्रतिनिधिहरुले रक्षा बन्दन बाधेका छन ।

ब्रह्मकुमारी इश्वरीय विश्वबिद्यालय क्षेत्रिय कार्यालयमा पुगेका उद्योगि, व्यावसायी, राजनैतिक नेता, सरकारी निकायका उच्च पदस्थ पदाधिकारीहरु लगायतका सर्वसाधारणहरुलाई कार्यालयका प्रमुख ब्रह्मकुमारी परनीताले रक्षा बन्दन बाध्दीनु भएको हो ।

पुनरावेदन अदालन पोखराका ध्यायधिश द्धवारीकामान जोशि, उद्योगपति गणेश बहादुर श्रेष्ठ, शुशिल गोसेली, सुर्य बहादुर केसी, व्यावसायी आनन्दराज मुल्मी, पश्चिमपृतनाका पृतनापति रमेशकुमार पुन, पश्चिम क्षेत्रिय प्रहरी प्रमुख डिआईजी जानकीराज भट्टराई, कास्कीका प्रहरी प्रमुख हरी बहादुर पाल लगायतको उल्लेखनिउय रुपमा सहभागिता हरेको कार्यालयका महासचिव सैलेस बरालले बताए ।
उनका अनुसार पश्चिमाञ्चल क्षेत्रिय अस्पताल, कारागार, महाबिद्यालय तालिम केन्द्र लामापाटन, क्षेत्रिय प्रहरी गण पार्दी, जिल्ला प्रहरी कार्यालय कास्की लगायतका कार्यालयहरुमै ओम शान्तिको टोली पुगेर रक्षा बन्दन बाधेको छ ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button