दिननाथ बराल
पोखरा १३, भदौ
पोखरामा यही भदौ १९ गते देखि नवौं संस्करणको खुल्ला पोखरा पिस क्रिकेट कप २०७२ हुने भएको छ । पोखरा ७, शान्तिनगरमा रहेको पोखरा पिस क्लवको आयोजनामा भदौ १९ देखि २६ गतेसम्म पोखराको मालेपाटनको खेल मैदानमा उक्त प्रतियोगिता हुने भएको आईतबार क्लवले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।
आठ दिन संचालन हुने प्रतियोगितामा कास्की सहित स्याङजा, तनहुँ, धौलागिरीको टीमहरु सहभागि हुने भएको प्रतियोगिता संयोजक भोजराज बरालले बताए । उनका अनुसार प्रतियोगितामा १२ देखि १६ टिमको सहभागिता रहने भएको छ । प्रतियोगितामा बिजेता टोलीले ३५ हजार, उपविजेताले १५ लहजार ५ सय साथमा ट्रफि, मेडल, प्रमाणपत्र प्राप्त गर्ने भएका छन ।
प्रतियोगिताबाट ३ लाख ९२ हजार आम्दानी गर्ने लक्ष्य राखिएको अध्यक्ष दामोदर बरालले बताए । उनका अनुसार प्रतियोगिताको करीब ६० प्रतिशत तयारी पुरा भएको छ । म्यान अफ दी सिरिज २ हजार ५सय, म्यान अफ दी म्याच कप तथा प्रमाणपत्र, सर्वाधिक रन बनाउने, सर्वाधिक विकेट लिने, सर्वाधिक छक्का हान्ने खेलाडीहरुलाई जनहि एक एक हजारको साथमा कप र प्रमाणपत्र प्रदान गरीने भएको प्रचार संयोजक राजेन्द्र अधिकारीले बताए । उनका अनुसार सफ्ट वलको साहायताबाट नकाउटका आधारमा २० ओभरमा उक्त खेल संचालन हुने भएको छ । प्रतियोगिता सम्पन्न गर्न १७ वटा विभिन्न उपसमितिहरु गठन गरीएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution