पोखरा, १४ भदौ
लिटिल स्टेप उच्च माध्यमिक विद्यालय, पोखरा द्वारा आयोजित छैटौँ यु¬–१२ प्राथमिक तह ह्याण्डबल प्रतियोगिताको छात्रातर्फको उपाधि माउण्ट अन्नपूर्ण र छात्रतर्फको उपाधि आयोजक लिटिल स्टेप उच्च मा.वि.ले हासिल गरेका छन् । सोमबार सम्पन्न छात्रातर्फको खेलमा माउण्ट अन्नपूर्णले आयोजक लिटिल स्टेपलाई ८–४ गोल अन्तरले पराजित ग¥यो । उपाधि सहित माउण्ट अन्नपूर्णले नगद ७ हजार प्राप्त गरयो भने लिटिल स्टेपले नगद ५ हजार पायो ।
त्यसै गरि छात्रतर्फको उपाधि प्राप्त गर्न आयोजक लिटिल स्टेपले अल्फा बोर्डिङ्गलाई १६–४ गोल अन्तरले पराजित ग¥यो । उपाधि सहित लिटिल स्टेपले नगद ७ हजार पाएको छ भने अल्फाले नगद ५ हजार प्राप्त गरेको छ । सम्पन्न खेलमा छात्रातर्फ पोखरा लर्नसले तेस्रो स्थान हासिल गरेको छ भने छात्रतर्फ मनकामना बोर्डिङ्ग स्कूल भएको छ । ती दुवै विद्यालयले नगद ३–३ हजार प्राप्त गरे ।
प्रतियोगिताको छात्रातर्फको उत्कृष्ट खेलाडी एन्जिला थापा तथा सर्वाधिक गोलकर्ता सरिता छन्त्याल र छात्रतर्फको उत्कृष्ट खेलाडी तथा सर्वाधिक गोलकर्ता मिसन गुरुङ घोषित हुदैँ नगद १–१ हजार सहित ट्रफी प्राप्त गरे । त्यसै गरी प्रतियोगिताको अनुशासित टिममा छात्रातर्फ स्टेप वाइ स्टेप उच्च मा.वि. र छात्रतर्फ प्रतिभा उच्च मा.वि. घोषित हुँदै नगद १–१ हजार सहित ट्रफी प्राप्त गरे ।
प्रतियोगिताका विजयी खेलाडीहरुलाई नेपाली सेनाका पूर्व लेफ्टिनेन कर्णेल उदिम बहादुर गुरुङ, नेपाल ह्याण्डबल संघका अध्यक्ष तेज गुरुङ, उच्च माध्यमिक शिक्षा परिषदका अशोक न्यौपाने, ह्याण्डबल संघका केन्द्रीय सदस्य केशव पाठक, लिटिल स्टेप उच्च मा.वि.का संस्थापक निर्देशक शेरबहादुर गुरुङ, संस्थापक प्राचार्य पम्फा गुरुङ लगायतले ट्रफ्री, प्रमाण–पत्र र नगद वितरण गर्नु भएको थियो ।
कार्यक्रम विद्यालयका अभिभावक रन बहादुर विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका संस्थापक ई. विक्की गुरुङले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । प्रतियोगिता भदौ ११ बाट शुरु भएको थियो । प्रतियोगितामा १७ विद्यालयका २५ टिमको सहभागिता थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution