पोखरा १५, भदौ
पोखरा रामघाटका टोल विकास संस्थाहरुले फोहोरको डम्पीङ साईडको रुपमा रहेको खाली जमिनमा पार्क बनाउने अभियान अन्र्तगत सरसफाई गर्न थालेका छन । पोखरा १० र ११ मा रहेको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालको स्वामित्वमा रहेको करीब ४ रोपनी क्षेत्रफल जमिनमा भएको फोहोर हटाउदै पार्क बनाउने अभियानमा आफुहरु विगत ५ दिन देखि जुटेको रामघाट स्थित भानुपार्क टोल विकास संस्थाका अध्यक्ष सारदा गौतमले बताईन ।
अस्पतालको पश्चिमपट्टि सेतीनदी किनारामा रहेको उक्त जमिन पर्यटकीय दृश्टीले समेत निकै लोभलाग्दो स्थल रहेको गौतमले बताईन । सो क्षेत्रबाट सेतीनदी सहित हिमश्रृखलाहरु र पोखरा देखिन्छ । विपद्को समयमा समेत पोखरामा खाली जमिनहरु अभाव हुदै आएको अबस्थामा अस्पतालको स्वामित्वमा रहेको केहि जमिन फोहोर फाल्ने डम्पीङ साईड भएकोले यसलाई सहि ढंगले सदुपयोग गरी पार्क बनाउने र भ्युटावर समेत बनाउने योजना आफुहरुसंग भएको संस्थाका अध्यक्ष गौतमले बताईन ।
उनले भनिन “विपदका वेला यस्ता सार्वजनिक जमनिलाईलाई पार्कको रुपमा विकास गरी संरक्षण गर्न सकियो भने विपद आउदा समेत धेरै जनातालाई राहत मिल्छ ।” अस्पतालको स्वामित्वमा रहेको उक्त जमिन अस्पतालले खालै ध्यान पुराउन नसकेकोले अस्पताल र पोखरा उपमहानगरपालीका कार्यालयसंगको समन्वयमा संस्थाले पार्क सहित सेतीनदीको र पोखराको दृश्यावलोकनको लागि भ्यु टावर बनाउदा पर्यटकहरुलाई समेत थप आकषर्णको रुपमा रहने भएको उनले जनाए ।
विगत आफुहरुले विभिन्न टोल विकास संस्था, आमा समुह, क्लव, पोखरा उपमहानगरपालीका लगायतको सहयोगमा सो क्षेत्रमा रहेको फोहोर हटाउने काम गरी माटो सम्माउने काम भईरहेको अध्यक्ष गौतमले जनाईन । ५ दिनमा २ सय जना जसोले सरसफाई गरेको उनले बताईन । उनले भनीन सेतीनदी सहितको रामघाट र पोखराको दृश्य अवलोकनको लागि सो क्षेत्र निकै उपयुक्त रहेको छ ।
गिता शान्ति मार्ग टोल विकास संस्था, गिता मन्दिर व्याबस्थापन समिति, तुल्सीमार्ग टोल विकास संस्था, तुल्सी मार्ग आमा समुह, परोपकार टोल विकास संस्था, रामघाट आमा समुह लगायतको संघ संस्थाहरुको सहयोग प्राप्त भएको गौतमले बताईन । सरसफाइ कार्यक्रममा ८४ बर्षीय तीलक बहादुर घर्ती सहितका युवा देखि महिलाहरु समेत सहभागि भएका छन । गिता शान्ति मार्ग टोल विकास संस्थाका अध्यक्ष तोयनाथ गौतमले आफ्नो घर छेउमा खाली जग्गा कम भएकोले भएको जमिनलाई सदुपयोग गर्न आफुहरु टोल विकास संस्थाको अगुवाईमा सरसफाइ अभियानमा जुटेको बताए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution