पोखरा १६, भदौ
पोखरा नागरीक उड्डयन कार्यालयले यस आर्थिक बर्ष २०७१÷०७२ मा गत बर्ष भन्दा करीब १० लाख रुपैया बढी आम्दानी गर्न सफल भएको छ । गत वैशाख १२ गते आएको विनाशकारी भूकम्पले गर्दा धेरै क्षेत्रको बार्षिक आम्दानी घट्न गएको अबस्थामा कार्यालयको भने गत बर्ष भन्दा केहि रकम बढी आम्दानी गर्न सफ भएको कार्यालयका प्रमुख दिपक बरालले बताए ।
कार्यालयले गत आर्थिक बर्ष २०७०÷०७१ मा भन्दा यस आर्थिक बर्ष २०७१÷०७२ मा भने ९ लाख ९९ हजार ५ सय ५२ रुपैया बढी आम्दानी गर्न सफल हो । उनका अनुसार यस आर्थिक बर्षमा कार्यालयले विभिन्न क्षेत्रबाट गरी ५ करोड ८५ लाख ७१ हजार ९ सय ६७ रुपैया आम्दानी गर्न सफल भएको हो ।
गत आर्थिक बर्षमा कार्यालयले भने ५ करोड ७५ लाख ७२ हजार ४ सय १५ रुपैया आम्दानी गर्न सफल भएको थियो । यात्रु सेवा दस्तुरबाट अघिल्लो बर्ष ३ करोड २७ लाख ४४ हजार ९ सय १९ रुपैया आम्दानी गरेको कार्यालयले यस आर्थिक बर्षमा भने ३ करोड ९ लाख ४७ हजार ५५ रुपैया आम्दानी गरेको प्रमुख बरालले जनाए । उनका अनुसार कार्यालयले हवाई अवतरणबाट अघिल्लो बर्ष ५९ लाख ७८ हजार ९ सय ८१ रुपैया आम्दानी गर्न सफल भएको कार्यालयले यस आर्थिक बर्षमा भने ५८ लाख ७६ हजार ९ सय २६ रुपैया आम्दानी गर्न सफल छ । अघिल्लो बर्षमा पार्किङबाट मात्र ७ लाख १८ हजार ७ सय २५ आक्दानी गरेको कार्यालयले यस बर्ष भने ९ लाख १५ हजार ५ सय ६२ रुपैया आम्दानी गरेको हो ।
विबिध अन्र्तगत प्याराग्लाईडीङबाट अघिल्लो बर्ष ८१ लाख २८ हजार ५ सय ४६ रुपैया आम्दानी भएकोमा यस आर्थिक बर्षमा भने ९० लाख ५० हजार १३ रुपैया आम्दानी भएको कार्यालयले जनाएको छ । संचार साहायक उपकरणबाट अघिल्लो बर्ष १४ लाख ९४ हजार ७ सय ४५ आम्दानी गरेकोमा यस बर्ष कार्यालयले १४ लाख ६९ हजार ७४ रुपैया आम्दानी गरेको छ । कोठा वाहलबाट अघिल्लो बर्ष ३४ लाख ८३ हजार ५८ रुपैया आम्दानी गरेको कार्यालयले यस बर्ष भने ३८ लाख ६० हजार ४ सय ५५ रुपैया आम्दानी गर्न सफल भएको छ । तेलकरबाट अघिल्लो बर्ष ६ लाख ८८ हजार ९ सय १५ आम्दानी गरेकोमा यस बर्ष कार्यालयले ७ लाख ५६ हजार ५ सय १८ रुपैया आम्दानी गरेको छ । प्रबेश शुल्कः बाट अघिल्लो बर्ष ९३ हजार आम्दानी गरेको कार्यालयले यस बर्ष भने १ लाख ७३ हजार ३ सय आम्दानी गर्न सफल भएको छ ।
गत बर्ष कार्यालयले जरीवाना वापत ८५ हजार ५ सय ९ रुपैया संकलन गरेको थियो भने यस आर्थिक बर्षमा भने ४ लाख ७६ हजार ७ सय ११ रुपैया जरीवाना अशुलेको बरालले जनाए । जहाजको अवतरण शुल्क जहाजको तौल अनुसार शुल्कः लिने गरेको कार्यालयका प्रशाशन अधिकृत कासीनाथ पौडेलले बताए । सामान्यतया ३ सय ३० देखि १ हजार ३ सय २० रुपैया सम्म तौल अनुसार जहाजको शुल्क लिने गरेको उनले बताए । एक दिन पोखरा विमानस्थलमा फिल्म सुटिङ गरेको ५ हजार शुल्क लाग्ने गरेको अधिकृत पौडेलले बताए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution