विहिबार देखि पोखरामा महिला उद्यमी मेला हुने

पोखरा, १६ भदौँ

‘‘आर्थिक सम्वृद्धिको लागि महिला उद्यमशिलता’’ भन्ने नाराका साथ विहिबार देखि पोखरामा महिला उद्यमी मेला २०७२ हुने भएको छ । पोखरा उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यमी विकास समितिको आयोजनामा संचालन हुन लागेको उक्त मेलाको अन्तिम तयारी पूरा भएको संघले बुधबार पोखरामा आयोजना गरीएको पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

भदौँ २० गते सम्म पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा संचालन हुने मेलामा महिलाद्धारा उत्पादित हस्तकलाका सामानहरु, घरायसी सामान, सौन्दर्य प्रशोधन, दैनिक जीवनमा चाहिने सामानका साथै विभिन्न वस्तु तथा सेवाहरुका करिब ८० वटा स्टल रहने भएको महिला उद्यमी विकास समितिका अध्यक्ष विन्दु कोइराला सुवेदीले बताईन ।

महिलाहरुद्धारा उत्पादित वस्तु तथा सेवाको व्यवसायीकरण एंव बजारिकणमा टेवा पुराउने उद्धेश्य रहेको सुवेदीले बताईन । महिलाहरुमा निहित सीपलाई उजागर गर्दै महिला उद्यमशिलता प्रवद्र्धन गर्नु र महिलाहरुलाई प्रतिष्पर्धी बनाउनकै लागि मेला आयोजना गर्न लागिएको उनले बताइन। मेलामा महिला समूहहरुबीच तिजे र दोहोरी गीत प्रतियोगिता, मनोरञ्जनात्मक कार्यक्रम, फुड स्टलको व्यवस्था समेत रहेको छ । मेला राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुति पनि रहने भएको छ।

मेला सम्पन्न गर्न करिब ८ लाख खर्च लाग्ने र करिब १० लाख आम्दानी हुने आयोजकले जनाएको छ । बचत भएको रकम सामाजिक कार्यहरुलाई खर्च गरिने छ भने मेलामा प्रवेश भने निःशुल्क रहेको आयोजकले जनाएको छ । मेला नेपाल उद्योग वाणिज्य संघको संरक्षकत्व, हेल्लो मोबाइलको मुख्य प्रायोजन, नेपाल उद्योग वाणिज्य महासंघ, जिल्ला महिला विकास कार्यालय कास्की, पोखरा उपमहानगरपालिकाको प्रवद्र्धनमा आयोजना गर्न लागिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button