आज देखि पोखरामा महिला उद्यमी मेला सुरु

पोखरा, १७ भदौँ

‘‘आर्थिक सम्वृद्धिको लागि महिला उद्यमशिलता’’ भन्ने नाराका साथ आज (विहिबार)देखि पोखरामा महिला उद्यमी मेला २०७२ सुरु भएको छ । पोखरा उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यमी विकास समितिको आयोजनामा पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा विहिबार देखि उक्त मेला सुरु भएको हो ।

यही भदौँ २० गते सम्म संचालन हुने मेलामा महिलाद्धारा उत्पादित हस्तकलाका सामानहरु, घरायसी सामान, सौन्दर्य प्रशोधन, दैनिक जीवनमा चाहिने सामानका साथै विभिन्न वस्तु तथा सेवाहरुका करिब ३० वटा स्टल रहेका छन । उद्घाटनको अवसरमा मेला स्थलमा पुगेका सहभागिहरुलाई दरको रुपमा खिर समेत खुवाईएको छ ।

महिलाहरुद्धारा उत्पादित वस्तु तथा सेवाको व्यवसायीकरण एंव बजारिकणमा टेवा पुराउने उद्धेश्य रहेको महिला उद्यमी विकास समितिका अध्यक्ष विन्दु कोइराला सुवेदीले बताईन । महिलाहरुमा निहित सीपलाई उजागर गर्दै महिला उद्यमशिलता प्रवद्र्धन गर्नु र महिलाहरुलाई प्रतिष्पर्धी बनाउनकै लागि मेला आयोजना गरेको उनले बताईन ।

मेलामा महिला समूहहरुबीच तिज गित प्रतियोगिता र दोहोरी गीत प्रतियोगिता, मनोरञ्जनात्मक कार्यक्रम, फुड स्टलको व्यवस्था समेत रहेको छ । मेला राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुति पनि रहने भएको छ। मेला सम्पन्न गर्न करिब ८ लाख खर्च लाग्ने र करिब १० लाख आम्दानी हुने आयोजकले जनाएको छ । बचत भएको रकम सामाजिक कार्यहरुलाई खर्च गरिने छ भने मेलामा प्रवेश भने निःशुल्क रहेको आयोजकले जनाएको छ । मेला नेपाल उद्योग वाणिज्य संघको संरक्षकत्व, हेल्लो मोबाइलको मुख्य प्रायोजन, नेपाल उद्योग वाणिज्य महासंघ, जिल्ला महिला विकास कार्यालय कास्की, पोखरा उपमहानगरपालिकाको प्रवद्र्धनमा आयोजना भएको हो ।

यसै विच उक्त मेलाको उद्घाटन मध्यमाञ्चल उद्योग वाणिज्य संघका क्षेत्रिय अध्यक्ष अरुणराज सुमार्गीले गरे । कार्यक्रममा बोल्दै उनले भूकम्पली प्रभावित भएको व्यावसायलाई यस्ता मेलाले थोरै भए पनि सहयोग पुराउने बताए । नेपाली महिलाहरुको महान पर्व हरितालिका तिज पर्वको अवसरमा आयोजित मेलाले महिलाहरुले उत्पादन गरेका हस्तकलाको प्रवद्र्धन हुने विश्वास व्यक्त गरे । भूकम्प र राजनैतिक बन्दको कारणले गर्दा पछिल्लो क्रममा उद्योग व्यावसायलाई समेत प्रभाव पारेकोले यस्ता मेलाले आर्थिक कारोवारलाई चलायमान बनाउने भएको पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले बताए ।

मेलामा पर्यटकीय गाँउ उल्लेरीमा उत्पादन भएको लोक्कल काक्रो मेलामा विक्रि वितरण सुरु भएको छ ।

पोखरा–२५  साविक पुम्दी भुम्दी उल्लेरीमा रहेको लाली गुरास आमा समुहले उत्पादन गरेको उक्त काक्रो मेलामा विक्रि वितरणका लागि राखिएको स्थानीय एक व्यापारी एक बहादुर क्षत्रीले बताए । उनका अनुसार आमा समुहले व्यावसायीक रुवमा यस बर्ष पनि करीब ८ रोपनी क्षेत्रफलमा काक्रा लगाएका छन ।

यस बर्ष उत्पादन भएको काक्रो मेलाबाट विक्रि वितरण सुरु भएको क्षत्रीले जनाए । गत बर्ष ५ रोपनी क्षेत्रफलमा लगाएको काक्रोबाट समुहले करीब २ लाख आम्दानी गरे पनि यस बर्ष ८ रोपनी क्षेत्रफलमा काक्रो लगाएको छ । असोजको दोश्रो सातासम्म उत्पादन हुने उक्त काक्रोको प्रति केजी ७० रुपैया रहेको क्षत्रीले जनाए । तिज पर्वको मुखैमा मेलामा आएको पहेला र लोक्कल काक्रो किन्नेहरुको भिड्नै लागेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button