रेवान पोखराको बार्षिक साधारण सभामा विभिन्न व्यक्तिहरु सम्मानित

  • पोखरा न्यूज
  • २०७२ भाद्र १८
रेवान पोखराको बार्षिक साधारण सभामा विभिन्न व्यक्तिहरु सम्मानित

दिननाथ बराल
पोखरा १८, भदौ
रेष्टुरेण्ट एण्ड वार एसोसिएसन (रेवान) पोखराले विभिन्न व्यक्तिहरुलाई सुक्रबार पोखरामा सम्मान गरेको छ । रेवान पोखराको २१ औं बार्षिक साधारण सभाको अवसरमा विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको हो।

सम्मानित हुनेहरुमा नेपाली पहिलो प्याराग्लाईडीङ पाईलट राजेश वंमजन, सामाजिक क्षेत्रमा उल्लेखनिय योगदान पुराएको भन्दै नरेश बहादुर भट्टराई, कास्कीको भदौरे तामागीमा पहिरो जादा पहिरोमा परेकाहरुको उद्धार र उपचारमा अहोरात्र खटिएको भन्दै तेज बहादुर विक र लक्ष्मी प्रसाद पौडेल रहेका छन । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर राउत, रेवान पोखरानका अध्यक्ष गोपी बहादुर भट्टराईले सम्मान पत्रको साथमा फुल तथा बुकिले सम्मान गरेका हुन ।

पोखरा पर्यटन पुनर्रजागरण समितिका संयोजक गणेश बहादुर भट्टराईले देश टुक्राउन खोज्ने कुनै पनि नेता तथा कार्यकर्ता बिरुद्ध अब जनता जाग्नु पर्ने बताए । उनले भने“भूकम्पबाट शिथिल बनेको पर्यटन व्यावसायीलाइ राजनीतिले झन शिथिल पारेको छ, अब नेपालको पर्यटनको विकास गर्न सवै मिल्नुको विकल्प छैन, अनेकतामा एकता भएको नेपालीलाई विभिन्न जातजातिको नाममा भड्काउने बिरुद्ध हामी सर्तक हुनु पर्दछ ।” राष्ट्रिय पर्यटन प्रवद्र्धन समितिका पश्चिमाञ्चल संयोजक गोविन्दराज पहारीले फेवाताल संरक्षणमा समयमै कदम चाल्न नसके फेवातालको अस्तित्व संकटमा पर्ने दाबी गरे । उनले भने “पोखरा पर्यटनको राजधानि भरी रहदा सरकारले पर्यटनको विकासको लागि खासै राष्ट्रिय योजनाका कुनै कार्यक्रम ल्याउन सकेको छैंन । ”

पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले पोखराको समग्र पर्यटनको विकास गर्न हाते मालो गर्न तयार रहेको बताए । विभिन्न वाहानामा हुने बन्द पोखरामा भने नहुने उनले बातए । पोखरा बन्द बिरुद्ध एक हुनुपर्ने उनले बताए । बन्द बिरुद्ध मोटरसाईकल प्रर्दशन गरी एकै साथ पसलहरु खोल्ने रणनितिमा आफुहरु तयारी गरेको उनले बताए । नेवाः खल कास्कीका अध्यक्ष असोक पालिखेले फेवाताल बचाउनको लागि नहर बनाएर दृर्घकालिन योजना आवश्यक भएको बताए ।

रेवान पोखराका महासचिव लक्ष्मण बरालले रेवान पोखराले गरेका गतिविधिबारे जानकारी गराउदै भावी कार्यक्रमको बारेमा प्रष्ट्याएका थिए । रेवान पोखराका अध्यक्ष गोपि बहादुर भट्टराईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

व्यावसाय दर्ता गरी संचालन गर्न प्रजिअको आग्रह
यसैविच कार्यक्रममा बोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी राउतले कुनै पनि व्यावसाय संचालन गर्दा व्यावसायीक मर्यादामा आएर दर्ता गरेर मात्र व्यावसाय संचालन गर्न आग्रह गरेका छन । उनले भने “ हामीले स्वदेश तथा विदेशका धेरै पर्यटकहरुलाई स्वागत सत्कार गछौं तर हामी आफै अवैध छौं भने के कस्तो संस्कार सिकाउन सक्छौं, यसमा व्यावसायी साथीहरुले एक पटक सोच्नु होला ।” भूकम्प पछि पर्यटन क्षेत्र माथि उकालो लाग्ने समयमा पुनः राजनैतिक कारणले गर्दा पर्यटन क्षेत्र थलिदै आएको उनले बताए । तराई क्षेत्र बन्द भएकोले त्यसको असर अन्य क्षेत्रमा पर्न थालेको ले दैनिक उपभोग्य बस्तुको सहज आपुर्ति मिलाउन आफुहरु लागि परेको उनले जनाए ।

rewan 2



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस