अवैध उद्योगलाई कार्रवाही गर्ने प्रशासनको चेतावनी

पोखरा २४, भदौ :
कास्कीमा संचालन हुदै आएका अवैध उद्योगलाई कार्रवाही गर्ने प्रशासनले चेतावनी दिएको छ । विभिन्न व्यावसायीहरुले नै यस क्षेत्रमा अवैध रुपमा उद्योगहरु संचालन हुदै आएको दाबी गरी राखेको अबस्थामा कास्की जिल्ला प्रशासनले उनीहरुलाई कानुनी दायरामा ल्याउन पहिलो प्रयास हुने र पहिलो प्रयासबाट सफल नभए कार्रवाही नै गर्ने कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर राउतले बताए ।

कास्कीमा फलाम, स्टील र आलमुनियमका करीब ४५ उद्योग अवैध रुपमा संचालन हुदै आएका छन । पोखरा स्टील फेब्रिकेटर्स एशोसियसन कास्कीका महासचिव यामबहादुर पौडेलले पोखरा क्षेत्र सहित कास्कीमा हाल ४० बढी अवैध रुपमा फलाम, स्टील र आलमुनियमका उद्योगहरु अवैध रुपमा संचालन हुदै आएको बताएका छन ।

उनले भने “हामीले व्यावसायीहरुलाई दर्ता गरी उद्योग संचालन गर्न पटक पटक आग्रह गर्दा उनीहरुले हटेर गरेका छन भने प्रशासनलाई पनि कडाइका साथ अवैध उद्योगलाई कानुनी दायरामा ल्याउन आग्रह गर्दा समेत हालसम्म सकेको छैन ।” अवैध रुपमा संचालनमा आएका उद्योगहरुले बजाराम झोले उद्योगको रुपमा अस्वच्छ प्रतिष्प्रर्धा गर्दै आएको उनले गुनासो गरे ।
यस बिषयमा भने कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर राउतले भने कास्की क्षेत्रमा रहेको कुनै पनि पसल, उद्योग कलकारखाना, होटल तथा रेष्टुरेण्टहरुलाई कानुनी दायरामा ल्याउने तयारी भएको बताए । उनले भने “हामीले उनीहरुलाई पहिला दर्ता प्रकृयामा आउन केहि समय दिनछौं, यदी दिएको समय सिमा भित्र दर्ता प्रकृयामा नआएको खण्डमा हामी कार्रवाही गर्ने छौं ।”

विगत ७ बर्ष देखि केहि उद्योगहरु यसरी पोखरा आसपास क्षेत्रमा दर्ता विना करोडौंंको कारोवार गर्दै आएको एशोसियसनका अध्यक्ष रुद्रलाल श्रेष्ठले बताए । उनले भने “ हाम्रै संस्थामा आवद्ध भएका केहि व्यावसायीहरु पनि नगरपालीका तथा घरेलुमा कतै दर्ता भएका छैनन ।” प्रशासनको लाचारी पनका कारणले गर्दा पोखरा आसपास क्षेत्रमा अवैध रुपमा उद्योग संचालन हुदै आएको उनले दाबी गरे ।

पोखरा सहित कास्कीमा हालसम्म १ सय ८८ वटा उद्योगहरु एशोसियसनमा आवद्ध भएको अध्यक्ष श्रेष्ठले बताए । यस क्षेत्रमा काम गर्ने दक्षजनशक्ति भन्दा अर्ध जनशक्ति नै अभाव भएको महासचिव पौडेलले बताए । चाईनाबाट बढी कच्चा पदार्थ नेपाल भित्रिने गरेको पौडेलले बताए ।

यसै बिच, पोखरा स्टील फेब्रिकेशन एशोसियसनको ११ औं अधिवेशन असोज २ गते पोखरामा हुने भएको एशोसियसनले जनाएको छ । मेटलका सामानहरुको प्रयोग गरौं, वन विनास हुनबाट बचाऔं, वातावरणको संरक्षण गरौं भन्ने नाराका साथ एशोसियसनले स्टील फर्निचर, पाईप ट्रसको छाना, झोलुङगे पुल, मोटर गुड्ने पुल, खानेपानी र सिंचाई आयोजनाका मेन होल कभर, वाटर ट्याङकर, पोल, टावर, ईन्जिनियरीङ प्रविधिमा आधारित काम गर्दै आएको एशोसियसनका केन्द्रीय सदस्य अम्मरबहादुर गुरुङले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button