नेपालको पर्यटन प्रवद्र्धन गर्न भारत तयार भारतीय अधिकारी कुमार

पोखरा, २३ भदौ :

नेपालको पर्यटन प्रवद्र्धन गर्न भारत सरकार तयार रहेको भारतीय दूतावासका डेपुटिचिफअफ मिशनका विनय कुमारले बताएका छन। बोडकास्ट्रिङ एशोसिएशन अफ नेपाल (वान) को आयोजना र वि.पि. कोइराला भारत नेपाल फाउन्डेशनको सहयोगमा बुधबार पोखरामा आयोजना भएको “भारतीय पर्यटकको पोखरामा आकर्षण बढाउनका लागि स्वतन्त्र रेडियोको भूमिका” विषयक कार्यक्रममा बोल्दै उनले नेपालको पर्यटन प्रवद्र्धन गर्न भारतियलाई नेपाल घुम्नको लागि आव्हान गर्ने वचन दिएका हुन ।

गत वैशाख १२ गते आएको विनाशकारी भूकम्प पछि थलिएको पर्यटन क्षेत्रलाई माथि उकास्न आफुहरु तयार रहेको बताउदै भारतीय दुताबासका डिसिएम कुमारले जति संचार माध्यममा आफुहरुले दृश्य देखेको र सुनेको आधारमा नेपालमा पर्यटकीय क्षेत्रहरु खासै कुनै प्रभाव नपरेको समेत उनले जनाए । उनले भने “नेपालका एफ.एम. रेडियो र भारतका एफ.एम. रेडियो बीच अवलोकन सहित अन्तक्रिया गराएर भारतियलाई कसरी नेपाल पठाउन सकिन्छ भन्ने बारेमा हामी सकरात्मक छौं ।” छिमेकी मुलुक भएको नाताले पनि एकलाई विपद पर्दा अर्कोलाई हेर्नु पर्दछ भन्ने मान्यताले आफुहरुले सहयोग गर्न तयार रहेको उनले जनाए । अघिल्लो वर्ष मात्र पोखरामा मात्रै एक लाख ३५ हजारभन्दा बढि भारतियहरु पर्यटकहरु पोखरा र मुक्तिनाथका लागि आएको भए पनि आहिले त्यो अनुपात घटेर १० प्रतिशतमा झरेको पर्यटन बोर्डका पूर्व सदस्य टिकाराम सापकोटाले बताए । उनले नेपालमा आउने पर्यटकमध्ये भारत, चीन, अमेरिका, श्रीलंका र यु.के.,  का पर्यटकहरु भूकम्प अगाडि २२ प्रतिशतसम्म आउने गरेको जनाए ।

पोखरा पर्यटन पुनर्रजागरण समितिका अध्यक्ष गणेश बहादुर भट्टराई भूकम्पको मारमा परेका पर्यटन व्यावसायी तराई क्षेत्र बन्दले झन थप पिडामा परेको गुनासो गरे । उनले भने “अहिलेको मौसम भारतिय पर्यटकहरुका लागि राम्रो मानिएको थियो, तर पनि देश भित्रकै द्धन्दले भारतिय पर्यटकलाई समेत भित्राउन नसक्दाँ आज हामी चिन्तित भएका छौं, हाम्रो पेशा धरासायि बन्दै गएको छ ।” कार्यक्रममा वानका अध्यक्ष गोपाल झाले भारतिय पर्यटक नेपाल भित्राउनका लागि रेडियोहरुले गर्नुपर्ने सहयोग गर्न आफुहरु तयार भएको बताए । कार्यक्रममा पोखरा उपत्यका नगर विकास समतिका अध्यक्ष प्रकाश खनाल, भारतिय दूतावासका अभय कुमार सिंह, पोखरा उपमहानगरपालिकाका निम्ति अधिकृत शारदा मोहन काफ्ले, पोखरा उद्योग वाणिज्य संघका दामु अधिकारी, वानका उपाध्यक्ष रमेश पौडेल, पि.टि.आर.सि. का सहसंयोजक विश्व शंखर पालिखे, वानकी सचिव दुर्गा अधिकारी लगायतले भारतिय पर्यटकलाई नेपाल भित्राउनको लागि प्रचार–प्रचारलाई नै अघि बढाउनु पर्नेमा जोड दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button