हङकङ ईन्स्टिच्युटद्धारा तीन महिने निशुल्कः व्युटिसियन तालिम

पोखरा २५, भदौ

पोखरा महेन्द्रपुलमा रहेको हङकङ हर्वल व्युटि ईन्स्टिच्युटको आयोजनामा पोखरामा संचालन भएको तीन महिने निशुल्कः व्युटिसियन सम्बन्धि तालिम सुक्रबार सम्पन्न भएको छ । पोखरा उप–महानगरपालीका कार्यालयको समन्वयमा संचालन भएको उक्त तालिममा २८ जना महिलाहरु सहभागि भएको ईन्स्टिच्युटका संचालक मीना गुरुङले बताईन ।

उक्त तालिमको समापन गर्दै पोखरा उप–महानगरपालीका कार्यालयका सामाजिक शाखा प्रमुख दुर्गा न्यौपानेले महिलाहरुको शशत्तिकरणको लागि यस्ता सिप मुलक तालिम आवश्यक भएको बताउदै महिलाको अधिकारको लागि सवै एक भई अघि बढ्न आग्रह गरीन ।
नेपाली नारीहरुको महान पर्व हरितालिका तिज पर्वको अवसरमा ईन्स्टिच्युटले सुक्रबार प्रशिक्षणमा सहभागि तथा ईन्स्टिच्युटका प्रशिक्षार्थीहरु बिच शुभकामना आदान प्रदान तथा दरखुवाउने कार्यक्रम समेत आयोजना गरेको संचालक गुरुङले बताईन । राष्ट्रिय सौदर्यकर्मी युनियन नेपालका अध्यक्ष पम्फा पहारी, युनियन कास्कीका सचिव संगिता पाण्डे लगायतले स्वास्थ्य र सौदर्यकाबारेमा चर्चा गरेका थिए ।

उक्त अवसरमा आयोजित नृत्य प्रतियोगितामा पुजा कार्की प्रथम, संगिता गैरे दोश्रो भईन । प्रतियोगितामा निरन्तर नृत्य गरेकी भगवती पौडेलले समेत पुरस्कार प्रदान गरीने भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button