९४ बर्षीया जेष्ठ नागरीक पनि रमाईलो गर्दै दर खाईन

पोखरा २५, भदौ

नेपाल महिला संघ वडा ईकाइ कमिटि १५ को शुभकामना आदन प्रदान तथा दर खाने कार्यक्रम सुक्रबार पोखरामा सम्पन्न भएको छ । महिलाहरुको महान पर्व हरि तालिका तिज पर्वको अवसरमा स्थानीय महिलाहरुलाई एक अपसमा भेला गराई उनीहरुलाई दर खुवाईएको कमिटिका अध्यक्ष बिष्णु आचार्यले बताईन ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

वडा १५ की जेष्ठ नागरीक ९४ बर्षीया धनमाया बराईली (कालाभाङे) ले कार्यक्रमको उद्घाटन गर्दै तिजको गितमा छम्छम्ती नाचेकी थिईन । स्थानीय महिलाहरुले यसरी प्रमुख अतिथि बनाएर नृत्य गराउदै दर खुवाउदा आफुलाई निकै खुसि लागेको बताउदै जेष्ठ नागरीक बराईलीले महिलाहरुको हकहितको लागि घर परिवारबाटै सुरुवात गर्न आग्रह गरीन ।

वडा नम्बर १५ का नेपाली कागेंस सभापति टोप बहादुर थापा, समाजसेवि तारा पाखे, बिद्यार्थी नेत्री निर्माला फुलरा, कागेेंस महिला नेत्री खेमकुमारी बराल, अम्बिका पराजुली लगायतले महिलाहरुको महान पर्व हरितालिका तिज पर्वको बारेमा चर्चा गर्दै यस पर्वलाइ तडग भडग भन्दा परम्परागत रुपमा मनाउनु पर्नेमा जोड दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button