पोखरामा हुण्डाईद्धारा नयाँ मोडलको (क्रेटा) कार सार्बजनिक

पोखरा २५, भदौ

लक्ष्मी हुण्डाईको नयाँ मोडलको क्रेटा कार सुक्रबार पोखरामा सार्वजनिक गरीएको छ । लक्ष्मी हुण्डाईको गण्डकी तथा धौलागिरीको आधिकारिक बिक्रेता एल.आई.मोटर्स प्रा.लि.ले विश्व व्यापी एसयुभी (क्रेटा) कार सुक्रबार सार्वजनिक गरेको हो ।

लक्ष्मी समुहका कार्यकारी निर्देशक सुनिल श्रेष्ठले उक्त कार पोखरामा सार्वजनिक गर्दैे क्रेटाले नेपाली बजारमा हुन्डाईको स्थानलाई अझ बढी बलियो बनाउने विश्वास व्यक्त गरे । एसयुभीको पछिल्लो संस्करण क्रेटा स्टाईलमा मात्र नभई, क्षमतामा पनि उच्च स्तरको, शक्तिशालि, उच्च क्षमताको ईन्जिन, टिकाउ र चलाउन आरामदायी भएकोले उपभोक्ताहरुको मन जित्न सफल हुने उनले बताए ।

उनले भने “ अन्य कार भन्दा यसको स्टाईल, इन्धन माइलेज, सुरक्षा र कार्य सम्पादनका आधारमा बढी भरपर्दा छ ।” कारका पारखी र स्टाइलमा विश्वास गर्नेहरुले उक्त कारको प्राबिधिक उत्कृष्टताको बिशिष्ट अनुभव गर्ने कम्पनीको दाबी छ । हुन्डाई मोटरको फ्लुडिक स्कल्पचर २.० डिजाइन फिलोसिफी मा आधारित क्रेटाले उपभोक्ताहरुको आराम, सुरक्षाको साथमा स्टाईलमा फरक भएको कम्पनीको दाबी छ । बलियो हाईभ स्ट्रक्चर बडी सेलद्धारा डिजाईन गरीएकोले यसको क्षमता र टिकाउमा अरुको दाजोमा प्रभावकारी भएको बताईन्छ ।

क्रेटाको ३९ लाख ९६ हजार देखि ४९ लाख ९६ हजार सम्मको पेट्रोल गाडीमा र डिजेल गाडीको मुल्य भने ४३ लाख ९६ हजार देखि ५८ लाख ९६ हजारसम्मको भएको कम्पनीले जनाएको छ । नेपालीहरुको महान पर्व दशैं तथा तिहार पर्वको अवसरमा कम्पनीले लक्की ड्र उपहार योजना ल्याएको छ । हरेक हप्ता लक्की ड्रबाट एक जनालाई सामसुङ मोवाईल दिने भएको छ । यस बर्षको अन्तिम समयमा पम्बर उपहारबाट एक जनालाई क्रेटा कार उपहार समेत प्रदान गरीने भएको छ । कम्पनीले उक्त कार सार्वजनिक भएको अवसरमा एक लाख ७५ हजारसम्म बिषेश छुट दिने भएको एल.आई.मोटर्स प्रा.लिका अप्रेसन म्यानेजर भिमसिंह खत्रिले बताए। दुई महिना भित्र कार किन्ने उपभोक्तालाई एक बर्ष बिमाको भुत्तानी समेत कम्पनीले दिने भएको उनले जनाए ।

सम्बन्धित न्यूज

Back to top button