धकनव आदर्श सामुदायिक विकास समाजको तीज महोत्सवको तयारी अन्तिम चरणमा

पोखरा, २५ भदौं

नव आदर्श सामुदायिक विकास समाज, लामाचौरले नेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा प्रत्येक वर्ष गर्दै आएको हरितालिका तीज महोत्वस तथा राष्ट्रिय महिला भलिवल प्रतियोगिताको तयारी अन्तिम चरण पुगेको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara

भदौं २८ गतेदेखि ३० गतेसम्म इन्द्रराज्य लक्ष्मी उच्च मावि लामाचौरमा संचालन हुने महोत्सवको तयारी ९० प्रतिशत पुरा भएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

प्रचार प्रसार उपसमितिका संयोजक अर्जुन अधिकारीका राष्ट्रिय महिला भलिवल प्रतियोगितामा ६ टिमको सहभागिता रहने भएको छ। राष्ट्रिय भलिवलमा न्यू डाइमण्ड एकेडेमी, शसस्त्र प्रहरी बल, नेपाल आर्मी, मध्य पश्चिमाञ्चल भलिवल संघ, पश्चिमाञ्चल भलिवल संघ, रुपन्देही जिल्ला खेलकुद विकास समितिको सहभागिता रहेको अधिकारीले जानकारी दिनुभयो ।भलिवलको विजेतालाई ५० हजार नगद र उपविजेतालाई ३० हजार नगद प्रदान गरिनेछ ।

महोत्सवमा अन्तरमावि छात्रा भलिवल, तीज गित प्रतियोगिता, अन्तर मावि, लोकनृत्य प्रतियोगिता, महिला म्यूजिकल चियर, खुल्ला घैटो फुटाउने, टायरमा बल छिराउने, रस्साकसी, जिल्ला स्तरीय सितेरियो कराँते, पत्रकार दौड,सांगितीक कार्यक्रमको साथै श्रष्टा सम्मान कार्यक्रम रहेका छन् ।महोत्सवमा कलाकाहरु प्रजापति पराजुली, चोलेन्द्र पौडेल, घनश्याम रिजाल, जानकी तरामुमगर, चन्दा कार्की,शिव हमाल, ज्योति लोहनी, सरस्वति लामिछाने, राजन कार्की, माया गुरुङ, शर्मिला गुरुङ, मैजु विक, रमिला न्यौपाने, रामजी पौडेल लगायतको विशेष प्रस्तुती रहनेछ ।

करिव चार हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको महोत्सव सम्पन्न गर्न २४ लाख खर्च लाग्ने समाजले जानकारी दिएको छ। महोत्सवबाट करिव ३१ लाख आम्दानी हुने अनुमान गरिएको छ ।समाजका अध्यक्ष धर्म मानसिंह भण्डारीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष यामबहादुर गुरुङ, समाजका पूर्व अध्यक्ष संजय अधिकारी शुशीलकुमार श्रेष्ठ र लक्ष्मी पाण्डेले बोल्नुभएको थियो ।

नव आदर्श सामुदायिक विकास समाज लामाचौरले लोक संस्कृतिको जर्गेना, खेलकुद तथा अन्य विभिन्न विधाहरुमा प्रतियोगिता र सामाजिक विकासका कार्यहरु विगत १८ वर्षदेखि गर्दै आएको छ ।

Back to top button