ओमद्धारा लेनपामा बृक्षारोपण

पोखरा २६, भदौ

ओम फाईनान्स लिमिटेडले शनिबार कास्कीको लेखनाथमा बृक्षारोपण गरेको छ । कास्की जिल्लाको लेखनाथ न.पा.–३, सक्नेरी बिजयपूर खोला स्थित सार्वजनिक जग्गामा फाईनान्सका कर्मचारीहरुले बृक्षारोपण गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत बुद्धि मल्लले बताए ।

कल्की, चिउरी, तेजपत्ता, कपूर, लब्सी, पारीजात तथा अन्य बिभिन्न जातिका २ सय बिरुवाहरु रोपिएको मल्लले जनाए । कार्यक्रम भगवती हाईड्रोपावर कम्पनी लिमिटेडका सञ्चालक बसन्तमोहन भट्टराई, स्थानिय समाजसेवी खेमप्रसाद भण्डारी र टोल विकास समितिका अध्यक्ष कुल बहादुर थापाले संयुक्त रुपमा बृक्षारोपन गरि कार्यक्रमको शुभारम्भ गरेका हुन ।

ओमले प्रत्येक बर्ष बृक्षारोपन कार्यक्रमलाई निरन्तरता दिंदै आएको छ भने असोज १ गते प्रधान कार्यालय न्यूरोड पोखरामा रक्तदान कार्यक्रम आयोजना गर्न लागेको फाईनान्सले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button