पोखरामा सवारी दुर्घटनाबाट एक युवतीको मृत्यु

  • पोखरा न्यूज
  • २०७२ भाद्र २७
Post Thumbnail

पोखरा, २७ भदौँ

पोखरामा आज (आईतबार) भएको सवारी दुर्घटना परी एक युवतीको मृत्यु भएको छ ।

पोखराको अमसरसिंहचोकमा भएको सवारी दुर्घटनाबाट पोखरा सिमलचौरकी २३ वर्षिया जमुना पहारी अर्यालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लेखनाथबाट पोखरा आउदै गरेको ग १० प ७४४ नम्बरको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको ना ५ ख ३४० नम्बरको माइक्रोबसले पछाडिबाट ठक्कर दिदाँ अर्यालको मृत्यु भएको स्थानीयले जनाएका छन ।

स्कुटरमा पछाडि बस्ने २० बर्षीया एलीसा बराल सामान्य घाइते भएकी छिन् । मृतकको शव पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा राखिएको छ । बस चालक लेखनाथका २४ वर्षीय मिनबहादुर सुनार जिल्ला प्रहरी कार्यालय कास्कीको नियन्त्रणमा रहेको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस