४ बर्ष पछि पोखरा क्षेत्रमा प्याराग्लाडीङ नहुने महानिर्देशक गौतम

पोखरा २८, भदौ:

नेपाल नागरीक उड्डयन प्राधिकरणका महानिर्देशक संजिब गौतमले आगमी ४ बर्ष पछि पोखरा क्षेत्रमा प्याराग्लाईडीङ हुने बताएका छन । सोमबार पोखरामा आयोजना भएको अस्थाइ प्याराग्लाईडीङ पाइलटको ईजाजत पत्र वितरण गर्दै उनले आगामी ४ बर्ष भित्रमा पोखरामा अन्तराष्ट्रिय विमानस्थल निमार्ण हुने भएकोले विमानस्थल निमार्ण भएसंगै यस क्षेत्रमा प्याराग्लाईडीङ गर्न नमिल्ने बताएका हुन ।

उनले भने “अन्तराष्ट्रिय विमानस्थलको लागि पुर्व पश्चिम क्षेत्रको आकासमा हवाई जहाज वाहेक अन्य कुनै पनि हवाई गविविधि गर्न मिल्दैन, त्यसैले प्याराग्लाईडीङ कम्पनीहरुले समयमै यसको विकल्प खोज्नु पर्दछ ।” आगामी ४ बर्षमा पोखरामा अन्तराष्ट्रिय विमान स्थल निमार्ण हुने उनले दाबी समेत गरे । उनले भने “हामीले पोखरामा अन्तराष्ट्रिय विमानस्थल बनाउन चाहि रहेका छौं तर केहि प्राविधि कुराले गर्दा ढिलाई भएको हो ।” विहान र वेलुका कुनै पनि समयमा यस क्षेत्रमा प्याराग्लाईडीङ गर्न दिन नमिल्ने उनले जनाए । यसको विकल्प खोज्न उनले व्यावसायीहरुलाई समयमै आग्रह गर्दै आवश्यक सहयोगको लागि आफुहरु तयार रहेको समेत बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button