४ बर्ष पछि पोखरा क्षेत्रमा प्याराग्लाडीङ नहुने महानिर्देशक गौतम

पोखरा २८, भदौ:

नेपाल नागरीक उड्डयन प्राधिकरणका महानिर्देशक संजिब गौतमले आगमी ४ बर्ष पछि पोखरा क्षेत्रमा प्याराग्लाईडीङ हुने बताएका छन । सोमबार पोखरामा आयोजना भएको अस्थाइ प्याराग्लाईडीङ पाइलटको ईजाजत पत्र वितरण गर्दै उनले आगामी ४ बर्ष भित्रमा पोखरामा अन्तराष्ट्रिय विमानस्थल निमार्ण हुने भएकोले विमानस्थल निमार्ण भएसंगै यस क्षेत्रमा प्याराग्लाईडीङ गर्न नमिल्ने बताएका हुन ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

उनले भने “अन्तराष्ट्रिय विमानस्थलको लागि पुर्व पश्चिम क्षेत्रको आकासमा हवाई जहाज वाहेक अन्य कुनै पनि हवाई गविविधि गर्न मिल्दैन, त्यसैले प्याराग्लाईडीङ कम्पनीहरुले समयमै यसको विकल्प खोज्नु पर्दछ ।” आगामी ४ बर्षमा पोखरामा अन्तराष्ट्रिय विमान स्थल निमार्ण हुने उनले दाबी समेत गरे । उनले भने “हामीले पोखरामा अन्तराष्ट्रिय विमानस्थल बनाउन चाहि रहेका छौं तर केहि प्राविधि कुराले गर्दा ढिलाई भएको हो ।” विहान र वेलुका कुनै पनि समयमा यस क्षेत्रमा प्याराग्लाईडीङ गर्न दिन नमिल्ने उनले जनाए । यसको विकल्प खोज्न उनले व्यावसायीहरुलाई समयमै आग्रह गर्दै आवश्यक सहयोगको लागि आफुहरु तयार रहेको समेत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button