पोखरा २९ भदौ :
लेखनाथ उद्योग बाणिज्य संघको दर्शौ अधिबेशनका लागि अध्यक्ष पदका उमेदबार उमेदबार एल के शर्मा भटराइर्लले आफनो भावी कार्ययोजना सर्बजनिक गर्दै ब्यवसायिक प्रबद्र्धनका लागि सहमति,सहकार्य र एकतालाई पहिलो प्रथामिकतामा राख्ने बताएका छन्।
चुनावी दैरानको क्रममा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरि आफु र आफनो टिमले अगाडी सारेको कार्ययोजनाका बारेमा जानकारी गराएका हुन्।
गत बर्ष बावुराम गीरिसग केहि मतले पराजित भएका शर्माले चुनाब हार्दा देखि सघको हित र साना ब्यवसायीहरुको सबालम आबाज उठाउदै आएकोले आफु र आफनो टिमले चुनाब जित्नेमा ढुक्क भएको धारणा राखेका थिए।
संघको विधानले अध्यक्ष सहित खुल्ला सदस्य १०,महिला सदस्य एक,एशोसियट सदस्यमा एक र सस्थागत तर्फ एक गरी १३ सदस्यीय कार्यसमितिको चयन निर्बाचन मार्फत गर्ने ब्यवस्था रहेको छ भने अन्य पदाधिकारी कार्यसमितीको सल्लाहमा अध्यक्षले तोक्न पाउने ब्यवस्था छ।्
असोज २र३ गते हुने चुनाबी अधिबेसनका लागि सघका प्रथम उपाध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठी र एक के शर्माका बिच चुनाबी प्रतिश्पद्धा हुने भएको छ।उनिहरु दुबै आ आफनो समुहमा दिनहु जसो ब्यवसायीहरुको घर दैलोमा पुगी आ आफनो पक्षमा भोट मागेको देख्दा लेखनाथका ब्यवसायीहरुलाई पनि चुनाबको महालले तताएको छ।
एल के शर्माको टिमबाट फर्निचर ब्यवसायी समिति लेखनाथका सल्लाकार महेश्बर आचार्य, कार्यसमिती सदस्य पुरण बहादुर घले गुरुङ अर्घौ बजार ब्यवसायी समितिका अध्यक्ष शिबप्रसाद भण्डारी, संघकी बर्तमान सदस्य गीता सुबेदी,गत बर्ष सदस्य पदमा पराजित युबा ब्यवसायी दिपेन्द्र ज्योती ढुगाना,भरतपोखरी घर भएका रामजी प्रसाद अधिकारी,निर्माण ब्यवसायि भीमबहादुर नेपाली (काईला)धिरज कुमार श्रेष्ठ,र धनु गिरि रहेका छन्। यसरी सदस्य पदका लागि उमेदबारी दिने गिता सुबेदी बाहेक सबै नयाँ अनुहार रहेका छन्।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution