पोखरा,३० भदौ :
कास्की फाईनान्स लिमिटेडले आव २०७१, २०७२ को मुनाफा बाट आफ्ना शेयर धनीहरुलाई १८.१७ प्रतिशत बोनश दिने भएको छ । लिमिटेडको पोखरामा सम्पन्न नवाँे वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो ।
लिमिटेडको जारी तथा चुक्ता पुँजी ३३ करोड २५ लाख २८ हजार ३०० पुगेको प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले जानकारी दिए ।पोखरामा केन्द्रिय कार्यलय रहेको कार्यलयरहेको फाईनान्सको ११ वटा शाखा रहेका छन भने हाल २ अर्व ९७ करोड निक्षेप र र २ अर्व ५० करोड कर्जा लगानी रहेको छ ।





