एपिएफ माथि यस बर्ष पनि जित हासिल गर्दा न्यू डायमण्डको पोखरामा ह्याट्रिक

  • पोखरा न्यूज
  • २०७२ भाद्र ३१
एपिएफ माथि यस बर्ष पनि जित हासिल गर्दा न्यू डायमण्डको पोखरामा ह्याट्रिक

पोखरा, ३० भदौ

काठमाण्डौंको न्यू डायमण्ड एकेडेमीले यस बर्ष पनि विभागिय टोली सशस्त्र प्रहरी वलको एपिएफलाई लामाचौरमा आयोजना भएको राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगितामा पराजित गरी ह्याट्रिक गर्न सफल भएको छ । हजारौ दर्शकहरु माझ बुधबार सम्पन्न भएको फाइनल खेलमा चिरपरिचित प्रतिद्धन्द्धी एपीएफ लाई ३–२ को सेटमा पराजित गरी ह्याट्रिक पुरा गरेको हो ।

नवआदर्श सामुदायिक विकास समाजले महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा हरेक वर्ष आयोजना गर्दै आएको राष्ट्रिय महिला भलिबल प्रतियोगितामा डायमण्डले अघिल्ला दुई
संस्करणमा लगातार जीत हात पारेको थियो । पहिलो संस्करण भने एपिएफले जितेको थियो । उपाधिसँगै डायमन्डले नगद ५० हजार शिल्ड र मेडल पुरस्कार पायो । एपीएफ यसपालि पनि उपविजेतामै चिक्त बुझाउन बाध्य भयो । एपीएफले पुरस्कार स्वरुप नगद ३० हजार तथा शिल्ड प्राप्त ग¥यो ।

ललिता नाथको कप्तानीमा मैदानमा उत्रिएको न्यू डायमण्डले पोखरेली दर्शको हुटिङसंगै उत्कृष्ट खेल प्रदर्शन गरी उपाधि आफ्नो पोल्टामा पारेको हो । दुई–दुई सेट बराबरी भएपछि बेष्ट अफ फाइभमा डायमण्डले पराजित गरेको हो ।  डायमण्डले २५–२३, १८–२५, २५–२३, २२–२५ र १५–१० को सेटमा पराजित गरेको हो ।
प्रतियोगितामा डायमण्डकी प्रतिभा माली उत्कृष्ट खेलाडी घोषित भइन् । फाइनलमा दर्शकहरुको मन जित्ने गरी खेल प्रर्दशन गरेकी मालीले थुप्रै दर्शकबाट नगद पुरस्कार समेत प्राप्त गर्न सफल भईन । अघिल्लो वर्ष पनि उनले सोही उपाधि जितेकी थिइन् ।

एपीएफकी विनिता बुढाथोकी वेष्ट सेटर, सरस्वती चौधरी वेष्ट स्पाइकर र रेष्मा भण्डारी वेष्ट सर्भर घोषित भइन् भने पश्चिमाञ्चलकी पवित्रा बिसीले वेष्ट ब्लकर र नेपाल आर्मीकी सिर्जना
राईले बेष्ट लिब्रोको उपाधि प्राप्त गरे ।  बुधबार नै तेस्रो स्थानको खेलमा पश्चिमाञ्चल भलिबल संघलाई ३–२ को सेटमा पराजित गरेर नेपाल आर्मी तेस्रो बन्न सफल भयो । आर्मीले २५–१८, १२–२५, २५–२२, २७–२९ र १५–११ को सेटमा पराजित गर्यो । शान्त्वना पश्चिमाञ्चलले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त ग¥यो । पश्चिमाञ्चलकी कप्तान मञ्जु गुरुङ वुमन अफ दी म्याच बनिन् ।

डायमण्डका प्रशिक्षक कुमार राईले आफ्ना खेलाडीहरुको एकै टिम स्प्रिड भएको कारणले गर्दा जित हासिल गरेको बताए । उनले भने “हाम्रो टिममा को सिनियर को जुनीयर भन्ने छैनन, सवै ,समान खेलाडी भएकोले हाम्रो जित भएको हो । ” एपीएफका प्रशिक्षक ज्ञानेन्द्र बिष्टले खेलमा तालमेल मिल्न नसक्दा यस पटक पनि पराजित हुनु परेको बतए । उनले भने सरस्वतीले पनि आजको खेलमा खेल्न सकीनन, नेविका चौधरी घाईते भएको कारणले गर्दा खेल्न सकिनन त्यसैको कारणले गर्दा हामीले खेलमा हार्नु पर्यो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस