ओम फाईनान्सले २८ प्रतिशत लाभांश दिने

  • पोखरा न्यूज
  • २०७२ भाद्र ३१
ओम फाईनान्सले २८ प्रतिशत लाभांश दिने

पोखरा ३१, भदौ :

पोखराको ओम फाईनान्स लिमिटेडले आफ्ना शेयर सदस्यहरुलाई २८.४९ प्रतिशत लाभांश बितरण गर्ने भएको छ। आर्थिक बर्ष २०७१÷७२ को मुनाफाबाट २७.०७ प्रतिशत बोनस शेयर र सो मा लाग्ने कर वापत १.४२ प्रतिशत नगद लाभांश सहित २८.४९ प्रतिशत लाभांश बितरण गर्ने भएको फाईनान्सका प्रमुख कार्यकारी अधिकृत बुद्धि मल्लले बताए ।

सञ्चालक समितिको उक्त निर्णय नेपाल राष्ट्र बैंकको स्विकृती र  आंउदो साधारण सभाले पारित गरेपछि बितरण गरीने भएको फाईनान्सले जनाएको छ। बोनश शेयर पछि कम्पनीको चुक्ता पुंजी ४९ करोड ४५ लाख ८६ हजार पुग्ने अधिकृत मल्लले जनाए ।

फाईनान्स सिटी डेभलपमेन्ट बैंक लिमिटेडसंग एक आपसमा मर्ज हुनको लागि मर्जर प्रक्रियामा रहेको छ । दुबै संस्था मर्जर भएपछि राष्ट्रिय स्तरको विकास बैंक हुने भएका छन । फाईनान्सले गत बर्ष ४ अर्ब ८० करोड निक्षेप संकलन, ३ अर्ब ९४ करोड कर्जा लगानी गरि २० करोड १७ लाख सञ्चालन मुनाफा गरेको फाईनानसले जनाएको छ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस