पोखरा, ३१ भदौ :
हिमाल पारीको जिल्ला मुस्ताङ्गको जोमसोम गाविसलाई मंगलवार पूर्ण खोप गाविस घोषणा गरिएको छ । मुस्ताङ्गका प्रमुख जिल्ला अधिकारी नरहरी वराल, ंस्थानिय विकास अधिकारी तथा खोप समन्वय समितिका अध्यक्ष वलदेवप्रसाद जोशी र जिल्ला स्वास्थ्य प्रमुख शम्भुप्रसाद ज्ञवालले संयुक्त रुपमा गाविस सचिव राममणी ढकाल, स्वास्थ्य चौकी प्रमुख विमलादेवी रन्जन र महिला स्वास्थ्य स्वयंसेविकालाई प्रमाणपत्र हस्तान्तरण गरी पूर्णखोप गाविसको घोषणा गरिएको हो ।
गाविस अन्र्तगतका ९ वटै वडाका सवै वालवालिकाहरुले तोकिएको उमेर समय भित्र सवै खोपको मात्रा पुरा गरेको सुनिश्चित गरिएकोले उक्त गाविसलाई जिल्लाकै चौथौ पूर्ण खोप गाविस घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङ्गका खोप अधिकृत वद्री आचार्यले जानकारी दिनुभयो । यस अघि कुन्जो, मार्फा र टुकुचे गाविस पूर्ण खोप गाविस घोषणा भइसकेको जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ ।
गाविस सचिव राममणी ढकालको अध्यक्षतामा भएको घोषणा सभामा मुस्ताङ्गका प्रमुख जिल्ला अधिकारी नरहरी वराल, ंस्थानिय विकास अधिकारी तथा खोप समन्वय समितिका अध्यक्ष वलदेव प्रसाद जोशी, जिल्ला स्वास्थ्य प्रमुख शम्भु प्रसाद ज्ञवाली , खोप अधिकृत वद्री आचार्य, जिल्ला शान्ति समितिका संयोजक तथा नेकपा डयास माओवादीका जिल्ला इन्चार्ज विशाल विक, नागरिक समाजका चन्द्र वहादुर थकाली लगायतले वोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन जिल्ला वालकल्याण अधिकृत समिता थकालीले गर्नुभएको थियो ।
कार्यक्रममा शिक्षक विद्यार्थी, नागरिक समाज, संघ संस्था, स्वास्थ्य कर्मी, महिला स्वास्थ्यस्वयंसेविकाहरुको विशाल रयालीे, वाजागाजा प्लेकार्ड सहित जोमसोम वजार वजार परिक्रमा गरी ठिमी स्वास्थ्यचौकी स्थित घोषणा सभामा परिणत भएकोे थियो । कार्यक्रममा महिल्ऽा स्वास्थ्य स्वयंसेविकाहरुले खोप सम्वन्धी नृत्य प्रस्तुत गरेका थिए ।
यसअघि स्थानिय राजनीतिक दल, महिला स्वास्थ्य स्वयंसेविका, वडा नागरिक मञ्च, विद्यालयका शिक्षक विद्यार्थी, स्थानिय गैरसरकारी संस्थाको सक्रियतामा उक्त गाविसका प्रत्येक घरमा पुगी वालवालिकाहरुले खोपको मात्रा पुरा गरिएको सुनिश्तिचत गरिएकोले उक्त गाविसलाई पूर्ण खोप गाविस घोषणा गर्ने निर्णय गरिएको थियो ।
कार्तिक महिना सम्ममा मुस्ताङ जिल्लालाई नै पूर्ण खोप जिल्ला घोषणा गर्ने योजनाका साथ कार्य भइरहेको वताइएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution