डागर स्मृति पुरस्कारबाट रानाभाट पुरस्कृत र पहारी सम्मानित

पोखरा, १ असोज :
डागर स्मृति पुरस्कारबाट साहित्यकार भिम रानाभाट र पर्यटन व्यवसायी गोविन्दराज पहारी शुक्रबार पोखरामा सम्मानित भएका छन ्। रानाभाटलाई साहित्य क्षेत्रमा उल्लेख्य योगदान पु¥याएको भन्दै उनलाई पुरस्कृत गरीएको छ भने पहारीलाई पर्यटन क्षेत्र सहित वालवालीकाको क्षत्रेमा उल्लेख योगदान पु¥याएको भन्दै सम्मानित गरिएको हो । उहाँहरुलाई कार्यक्रमका प्रमुख अतिथि कवि तथा संस्कृतिकर्मी तिर्थ श्रेष्ठले सम्मान पत्र दोसल्लाको साथमा  नगद पाँच हजार ५ सय ५५ प्रदान गरी सम्मान गर्नु भएको हो । संस्थापक अध्यक्ष तथा राजनकी धर्मपत्नी रमा प्राशरले उक्त पुरस्कार स्थापना गर्नु भएको हो ।

डागर स्मृति प्रतिष्ठानको आयोजनामा सुक्रबार पोखरामा आयोजना भएको स्वर्गीय राजन प्राशर (डागर) को १४ औं पुण्य तिथिको अवसरमा आयोजित स्मृति सभा तथा गाडर स्मृती पुरस्कार वितरण समारोहमा बोल्दै संस्कृतिकर्मी श्रेष्ठले जन्मथलो भारत भएर पनि कर्मथलो पोखरा बनाई पुरस्कार स्थापना गरेकोमा खुसि व्यक्त गर्नु भयो । उक्त पुरस्कारबाट यस अघि नागरीक समाज पोखराका संयोजक राम बहादुर पौडेल, कास्कीका प्रहरी निरिक्षक चन्द्रा गुरुङ लगायतका व्यक्तिहरु पुरस्कृत भई सक्नु भएको छ ।

सम्मानित व्यक्ति पहारीले प्राप्त गरेको नगद ५ हजार ५ सय ५५ मा उतिनै रकम थप गरी अक्षयकोषमा संस्थापक अध्यक्ष प्राशरलाई हस्तान्तरण गर्नू भयो । उक्त सम्मान आफ्नो लागि लाईसेन्सको रुपमा लिएको उनले बताउनु भयो । वालहितकारी परियोजना, वटरफ्लाई फाउण्डेसनको अध्यक्ष, राष्ट्रिय पर्यटन प्रवद्र्धन समितिका पश्चिमञ्चल संयोजक समेत रहेका पहारीले भूकम्प पछि पर्यटन क्षेत्र खस्कदै गएकोमा चिन्ता व्यक्त गर्दै वालवालीकाहरुको लागि अझ पनि राम्रो अधिकार दिलाउन नसकिएको दाबी गर्नु भयो ।

साहित्य श्रृखला पोखराका संयोजकल प्रगतीशिल लेखक संघ कास्कीका सचिव समेत रहेका रानाभाटले उक्त सम्मानले आफुलाई बढी जिम्मेवारी थपिएको बताउनु भयो। प्रतिष्ठानका अध्यक्ष हिरादेवि बाँस्तोलाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पोखरा नागरीक समाजका संयोजक रामबहादुर पौडेल, गण्डकी साहित्य संगमका अध्यक्ष नारायण परिश्रमी, संस्थापक अध्यक्ष रमा प्राशर, स्वर्गीय राजनका सहकर्मी रामचन्द्र थापा, प्रतिष्ठानका सह–सचिव सुमन श्रापित, प्रतिभा छनौट समितिका सदस्य असफल गौतम, सदस्य दिपेन्द्र श्रेष्ठ लगायतले स्वर्गीय राजन गाडरको व्यक्तित्वको बारेमा चर्चा गर्नू भएको थियो ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button