अवैध व्यवसायी बिरुद्ध अन्य व्यवसाय

पोखरा २, असोज:
अवैध व्यावसाय बिरुद्ध वैध व्यवसायहरु एक हुनु पर्ने शनिबार पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन । पोखरा स्टिल फेब्रिकेटर्स एसोसियसन कास्कीको १५ औं बार्षिक साधारण सभा तथा ११ औं अधिवेशन समारोहको उद्घाटन सत्रमा बोल्ने वक्ताहरुले अवैध रुपमा रहेका व्यवसायीहरुले अस्त व्यस्त रुपमा काम गर्दा आफुहरुको व्यावसायमा समेत प्रभाव परेकोले उनीहरु बिरुद्ध आफुहरु
अब एक हुने बताएका हुन ।

अवैध रुपमा संचालनमा आएका व्यावसायी तथा उद्योगहरुले झोले अपिसको रुपमाकाम गरेको, गुणस्तरहिन काम गर्ने गरेको, मुल्यमा एकरुपमा नभएको आदिकारणले गर्दा दर्ता गरेर संचालन भएका व्यावसायी तथा उद्योगहरुलाई प्रत्यक्ष असर पर्न थालेको व्यवसायीहरुले नै गुनासो गरेका हुन । सरकारले अवैध रुपमासंचालनमा आएका व्यवसाय तथा उद्योगलाई कानुनको दायरामा ल्याउन सहभागिहरुलेमाग गरेका छन दर्ता गरी संचालन भएका व्यवसाय तथा उद्योगलाई कर तिर्ने सहितकाअन्य प्रकृया सहज पार्न आग्रह गरेका हुन ।पश्चिमाञ्चल क्षेत्रिय उद्योग बाणिज्य संघका अध्यक्ष संजिव बहादुर कोइरालालेस्थानीय निकायको लाचारी पनका कारणले गर्दा अवैध व्यावसाय तथा उद्योगले प्रशयपाएको आरोप लगाय ।

उनले भने “पोखरा क्षेत्रमा पनि धेरै अवैध रुपमासंचालनमा आएका व्यावसायी तथा उद्योगहरु रहेका छन ।” सरकारले कार्रवाही गर्लाभनेर कुरेर बस्दा आफुहरुलाई समेत व्यवसाय संचालन गर्न कठिन भएको उनलेबताए । उनले थपे “पोखरा क्षेत्रमा मात्र करीब ६० वटा बस्तुगत संघहरु रहेका छनअधिकाशंमा अवैध व्यावसाय तथा उद्योगहरु नै रहेका छन । उनले भने “सरकारलेकरको दायरा फराकिलो पार्नु पर्दछ, नकि कर एकै व्यत्तिहरुबाट धेरै राजश्वसंकलन गर्नु भन्दा धेरैबाट संकलन गर्नुपर्दछ ।” पोखरा क्षेत्रमा रहेका अवैधव्यवसायीहरुको बिरुद्ध अनुगमन टोली बनाउन पहिचान गर्नुपर्ने उनले बताए ।ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका केन्द्रीय अध्यक्ष मोहन कटुवालले अवैधव्यवसायीहरुको अस्वच्छ प्रतिष्प्रर्धाले गर्दा वैधानिक रुपमा संचालन हुदै आएकाव्यवसायी तथा उद्योगीहरुलाई स्वस्छ प्रतिष्पर्धा गर्न गार्यो परेको बताए । उनलेभने “काठमाण्डौमा मात्र करीब ४ हजार ग्रिलका अवैध उद्योगहरु रहेका छन तरमुस्किलले ३ सय उद्योगहरु मात्र दर्ता भएका छन ।” उर्जा उत्पादनमा कसैले राजनीतिनगर्न उनले आग्रह गर्दै परानै तरिकाले काम हुने गरेकोले समय सापेक्षआधुनिक प्रविधिको प्रयोग गर्नुपर्नेमा उनको जोड थियो ।

दर्तामा भईकानुनि प्रकृयामा आएका व्यावसायी तथा उद्योगिहरुलाई नै सरकारले झनझटिलोप्रकृयाबाट दुखः दिने गरेको समेत अध्यक्ष कटुवालले गुनासो गरे ।एशोसिएसन कास्कीका अध्यक्ष रुद्र लाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको उद्घाटनसत्रमा नेपाली युवा उद्यमी मञ्च पोखराका अध्यक्ष प्रकाशदेव पालिखे, पोखराऔधोगिक क्षेत्र संघका अध्यक्ष चन्द्रराज भण्डारी, अधिकृत विक्रेता संघ पोखराकाअध्यक्ष सुरेस अधिकारी, जिविस कास्कीका ईन्जीनियर कृष्णप्रसाद जमरकट्टेल,हार्डवयर एसोशियसन कास्कीका अध्यक्ष प्रेमप्रसाद पौडेल, सिद्धार्थ ट्रेडिङका सुरजशरेष्ठ, महासचिव याम प्रसाद पौडेल, कोषाध्यक्ष ऋषि गिरी लगायतले बोलेकाथिए ।उक्त अवसरमा संस्थाले ३ वटा उद्योगलाई सम्मान गरेको छ । चन्द्र मेटलका कैलाशरन्जीत, कन्या मेटलका असोक गुरुङ र अन्नपूर्ण सोलारका नारायण प्रसादबास्तोलालाई प्रंशम्सा प्रत्र सहित सम्मान गरीएको हो । कास्कीमा फलाम, स्टीलर आलमुनियमका करीब ४५ उद्योग अवैध रुपमा संचालन हुदै आएको एशोसिएसनलेदाबी गर्दै आएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button