नेपालमा ५ अर्वको ग्रिल तथाफेब्रिकेटर्सको सामान आयात हुने

पोखरा २, असोज:

आयात घाटा बढ्दै गएको समयमा नेपालमा ग्रिल तथा स्टिल र फर्निचरका समानमासमेत आयात घाटा बढ्दो छ । पछिल्लो बर्ष देखि यस क्षेत्रमा ५ अर्व बढीमुल्यका सामानहरु नेपालमा भित्रिन थालेको छ ।ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका केन्द्रीय अध्यक्ष मोहन कटुवाललेनेपालमा बार्षिक रुपमा ग्रिल तथा स्टिल र फर्निचरका तयारी सामानहरु उक्त रकमबरबरको समानहरु भित्रिने गरेको बताएका छन ।

 निर्यात भन्दा आयात धेरै बस्तु तथा सेवा हुने गरेको सन्दर्भमा ग्रिल तथास्टीलका सामानहरु समेत ठुलो मात्रमा भित्रिने गरेको बताएका छन । शनिबारपोखराका पत्रकारसंग कुराकानी गर्दै उनले नेपालमा ग्रिल तथा स्टीलको उत्कृष्टसेवा दिन सक्ने हुदा हुदै अझै पनि सरकार तथा केहि निजि कम्पनीहरुले विदेशीनिकायबाटै काम गर्ने गरेको गुनासो गरे ।उनले भने “हाम्रा उद्योगहरुमा निमार्ण हुने धेरै सामानहरु विदेशमा लिन जानेहाम्रो प्रवृत्ति छ, साउद कमिसनको चलखेलले पनि हुन सक्छ, हाम्रा दक्ष जनशक्तिहरुप्रति अविश्वास भएको कारणले गर्दा पनि हुन सक्छ । ” ग्रिल तथा स्टीलको मात्रनेपालमा बार्षिक रुपमा २० अर्वको कारोवार हुने गरेको उनले जनाए ।

एक लाख५० हजार जनालाई देश भरीका ९ हजार व्यावसायीहरुले रोजगार दिएको उनले जनाए। उनका अनुसार देशको जहज स्थिती भएर सहज रुपमा बिद्युत आपुर्ति हुन सके थपएक लाख जनशक्तिलाई रोजगार दिन सकिन्छ । उनले भने “हामीले त सुरक्षको पनिसुरक्षा र विकासको पुर्वाधार भएर हामीले काम गर्नू पर्दछ । ” दक्ष जनशक्तिकोअभावमा दुई बर्षमा नेपालमा असावधानिका कारणले गर्दा ११ जनाको ज्यानगएको उनले दाबी गरे ।नेपाल आउने अधिकांश सामानहरु भारत र चिनबाट हो भने पछिल्लो क्रममाबंगलादेश, पाकिस्तान लगायतका देशबाट समेत ग्रिल तथा स्टीलका सामानहरु नेपालभित्रिने गरेको अध्यक्ष कटुवालले जनाए ।

गत वैशाख १२ गते आएको विनाशकारीभूकम्पले पनि ग्रिल तथा स्टिलबाट निमार्ण भएका भौतिक संरचनामा कम क्षतिपुगेको अध्यक्ष कटुवालले दाबी गरे । नेपालमा ग्रिल तथा स्टीलका अत्याधुनिकसमानहरु समेत उत्पादन हुने गरे पनि विदेशबाट तयारी सामानहरु आउने क्रम जारीरहेको केन्द्रीय सदस्य दिपेन्द्र राईले जनाए । दक्ष जनशक्तिको अभावमाआफुहरुलाई उद्योग संचालन गर्न समेत कठिन हुदै आएको उनले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button