पोखरा २ असोज:
जनआन्दोलन २०६२÷६३ मा संविधान सभाबाट संविधान जारी गर्ने माग सहित सडक आन्दोलनमा होमिएका कास्कीका राजनीतिक पार्टीहरु फेरी एक दशकपछि संविधान जारी भएको खुशीयालीमा एउटै मञ्चमा प्रस्तुत हुदै छन् ।
आइतबार सार्वजनीक हुने नेपालको संविधानको स्वागत गदै कास्कीका राजनीतिक दलहरुले संयुक्त रुपमा दिपावली, र्याली र सभाको आयोजना गर्ने शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् । विभिन्न ६ राजनीतिक दलहरु नेपाली काँग्रेस, नेकपा एमाले, एनेकपा माओवादी, नेकपा माले, राष्ट्रिय जनमोर्चा र राप्रपा नेपालको शुक्रबार बसेको संयुक्त बैठकले संविधान निर्माणको खुशियाली संयुक्त रुपमा मनाउने निर्णय गरेका थिए ।
संविधान घोषणा हुने दिन असोज ३ गते आइतबार साँझ ६ वटै दलहरुले संयुक्तरुपमा पोखराको महेन्द्रपुलमा दीपावली गर्ने छन् भने यस्तै, भोलीपल्ट असोज ४ गते संयुक्त सभा र जुलुस निकालिने एनेकपा माओवादी कास्कीका अध्यक्ष दीपक कोइरालाले पत्रकार सम्मेलना जानकारी दिए ।
विहान ११ बजे पोखरा सभागृहचोकबाट सुरु हुने जुलुस चिप्लेढुङ्गा मानवअधिकार चोकमा पुगी ासभामा परिणत हुने उनले बताए । कोणसभामा सबै राजनीतिक दलका नेताहरुले सम्बोधन गर्नेछन् भने लामो र कठिन प्रयासपछि जारी हुने संविधानको खुशियाली साटासाट गर्नेछन् । ‘यस विशेष र गौरपूर्ण अवसरमा कास्कीमा क्रियाशिल लोकतन्त्र, न्याय र परिर्वतनका पक्षधर राजनीतिक दलहरुको बैठकले नयाँ संविधानको घोषणालाई विशेष उत्सवका रुपमा मनाउने निर्णय गरेका छौ ’ संयुक्त प्रेशविज्ञप्तिमा भनिएको । शहरका मुख्य चोक र गाँउमा सर्वदलीय आयोजनामा दीपावली गर्ने कार्यक्रम समेत तय गरिएको एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले बताए ।नयाँ संविधान नेपाली जनताको चाहाना र सपना भएकाले सवैले खुशीयाली मनाएर स्वागत गरेर मनाउन आग्रह गर्दछौ थापाले भने ।
दुवै दिनका कार्यक्रममा सहभागी भई नयाँ संविधानलाई राष्टिय उत्सवको रुपमा मनाउने अभियानमा सहभागी हुन सम्पुर्ण राजनीतिक नेता,कार्यकता, उद्योगी, ब्यवसायी पेशाकर्मी, समाजसेवी, समाजिक संघसंस्था, अधिकारकर्मी, संचारकर्मीहरुलाई आग्रह सेमत राजनीतिक दलहरुले गरेका छन् ।
पत्रकार सम्मेलनमा एमाओबादी अध्यक्ष दिपक कोइराला, एमाले अध्यक्ष कृष्ण थापा, नेपाली काँग्रेस कास्कीका कोषाध्यक्ष दिवसमान प्रधानाङग, राष्टिय प्रजातन्त्र पाटी कास्कीका सचिव गणेशबहादुर ढकाल, राष्टिय जनमोर्चाका इन्चार्ज शंकर बराल,नकेपा (माले)का सचिव होमनाथ गिरी उपस्थित थिए।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution