आर्थिक विकास गर्न लगानी मैत्री वातावरण अवश्यक–गभर्नर नेपाल

लेखनाथ ,२ असोज :

नेपाल राष्ट्र वैंकका गभर्नर डाक्टर चिरन्जिवी नेपालले आर्थिक विकास गर्न निजी क्षेत्रलाई लगानी मैत्रि वातावरण सृजना गर्नु पर्ने बताएका छन ।  लेखनाथ उद्योग वाणिज्य संघको  १९ औं वार्षिक साधारण सभा तथा १० औं अधिवेशनको शनिवार लेखनाथमा उद्घाटन गर्दै उनले आर्थिक विकासको लागि लगानी मैत्रि वातावरण आवश्यक भएको बताएका हुन ।  उनले भने “नयाँं संविधान घोषणा हुने भएपछि संविधान आउंदैनकी भन्ने द्धिविधा  अव हटेको छ, नेपालले हरेक नागरिकले मुलुकवाट के लिए भन्दा पनि के दिए भन्ने सोचका साथ अघि  वढ्नु पर्दछ, अव हामी अािर्थक विकासमा एक हुनु पर्ने समय आएको छ ।”

दैनिक जसो १५  सय युवाहरु रोजगारको लागि विदेशीने गरेकोमा दखुखः व्यक्त गर्दै उनले स्वदेशी श्रम र पसिनालाई विदेशमा खेर फाल्न नहुने बताए । सरकारले हरेक आर्थिक गतिविधिहरुमा निजी क्षेत्रसंग सहकार्य गर्दै अघि वढनु पर्नेमा जोड दिदै नेपालले समाजबादमा खुल्ला अर्थतन्त्रको महत्वपुर्ण भुमिका रहने बताए । गभर्नर डा . नेपालले विदेशी दातृ निकायले दिएको सहयोगले २० वर्षमा हुने काम हामी आफ्नै श्रोत र साधन जुटाएर लागि परेको खण्डमा पाँच वर्षमै पूरा गर्न सकिने दाबी गरे ।

कार्यक्रममा शिक्षा सचिव विश्व प्रकाश पण्डितले लेखनाथ नगर क्षेत्रमा जहाँ सम्भावनको खोजि गर्न आग्रह गरे । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष किशोर प्रधानले उत्पादनशील क्षेत्रको पहिचान गरी लगानी वढाउनु पर्नेमा जोड दिए । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले नयाँ संविधान जारी भएसंगै देशमा धेरै लगानीका बाटो खुल्ने बताए । नेपाली कांग्रेस कास्कीका सभापति एवं सभासद यज्ञ वहादुर थापाले कल झगडा छोडेर अब आर्थिक समृद्धितिर लाग्ने समय आएको बताए । आयात घाटालाइ घटाउने गरी उत्पादन शिल क्षेत्रमा लगानी गर्नु पर्ने उनले बताए ।

संघका अध्यक्ष वावुराम गिरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दु कुमार थापा, लेखनाथ नगरपालिकाका कानुनी अधिकृत राममणि अधिकारी, पारालिगल कमिटी लेखनाथकी अध्यक्ष कोपिला रानाभाट र एकिकृत नेक पा माओबादी कास्कीका अध्यक्ष दिपक कोईराला लगायतका वक्ताले नयाँ संविधानले देशमा विकासको ढोका खुल्ने विश्वास व्यक्त गरे । संघको आईतबार विहान देखि हुने मतदानले आगामी दुई वर्षका लागि नयां नेतृत्व समेत चयन गर्ने भएको छ। अध्यक्षका दुई जना प्रत्यासी लक्ष्मी प्रसाद त्रिपाठी र एल के शर्मा चुनावी मैदानमा उत्र्रिएका छन ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button