पोखरा ३ असोज : कास्कीको नयाँ खेल संघ गठन भएको छ । आइतबार पोखरमा भएको एक भेलालले रग्वी संघ गठन भएको छ । आइतबार पोखरामा सम्पन्न भेलाले कुमार पुनको अध्यक्षतामा नौ सदस्यीय कास्की जिल्ला रग्वी संघ गठन गरेको हो ।
संघको प्रथम उपाध्यक्षमा दानबहादुर क्षेत्री,द्धितिय उपाध्यक्षमा अरुण सापकोटा, सचिवमा सुभाष खड्का र कोषाध्यक्षमा नारायण पहारी चयन भएका छन् । संघको सदस्यहरुमा मदन श्रेष्ठ, कृतिका शर्मा, चन्द्रबहादुर पुन, हुमबहादुर आले रहेका छन भने चार सदस्य पछि थप गरिने छ । कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङको प्रमुख अतिथि र पर्वतीय खेलकुद महासंघका महासचिव गोविन्द्र भराई विशेष अतिथि रहनु भएको थियो ।
कार्यक्रममा कास्की जिल्ला खेलकुद विकास समितिक कोषाध्यक्ष दिपकबहादुर गोदार, कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बराल लगायतको सहभागीता रहेको थियो भने नेपाल रग्वी संघका केन्द्रीय महासचिव चेतनराज गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution