पोखरा, ४ असोज
पोखरा उद्योग वाणिज्य संघको अगुवाईमा बन्द बिरुद्ध पोखरेलीहरु सोमबार सडकमा उत्रिएका छन । बन्द बिरुद्ध आयोजना भएको बृहत मोटरसाईकल सहितको गाडी र्यालीमा उद्योगि, व्यवसायी, पर्यटन व्यवसायी, विभिन्न संघ संस्थाका पदाधिकारी सहित आम नागरीकहरुको उल्लेखनिय रुपमा सहभागिता रहेको थियो ।
“बन्दको विकल्प खोजौँ, पोखरालाई बन्दमुक्त क्षेत्र घोषणा गरौँ, गरी खान देउ” लगायतका नारा सहित पोखरेलीहरु सोमबार बन्द बिरुद्ध सडकमा उत्र्रिएका हुन । नयाँ संविधान जारी हुने दिनमा समेत बन्दको माग खेपेका पोखरेलीले संविधान जारी भएको भोलि पल्ट पनि पोखरा क्षेत्रमा बन्द आह्वान भएकोले बन्द बिरुद्ध उनीहरु सडकमा उत्र्रिएका हुन । तमुवानको माग गर्दै आन्दोलरत तमुवान संघर्ष समितिले आज तमुवान क्षेत्र आह्वान गरेको छ ।
पोखरा उद्योग वाणिज्य संघले जनसुकै राजनीतिक दल तथा समूहले आयोजना गर्ने बन्दको भद्र अवज्ञा गर्न आफ्नो निर्णय अनुसार सोमबारबाट बन्द बिरुद्ध आफुहरु सडकमा उत्र्रिएको संघका अध्यक्ष बिरुदुकुमार थापाले बताए । आइतबार संविधान जारी हुने खुसियालीमा राज्यले सार्वजनिक बिदा आह्वान गरेको तथा तथा सम्पूर्ण निजी क्षेत्र संविधानको स्वागतको लागि तत्पर भएकाले कारणले गर्दा आफुहरुले बन्द बिरुद्ध खासै कुनै कार्यक्रम आयोजना नगरेको जनाए । पोखरामा व्यावसायीहरुले पसल तथा आफ्नो व्यवसाय खोली बन्दको अवज्ञा गर्न उनले उनले आग्रह गरेकाछन । उनले स्थानीय प्रशासनसँग पसल÷व्यवसायको सुरक्षा माग गरिएको समेत जानकारी गराए । कोणसभामा नेपाली काग्रेंस कास्कीका सभापति तथा सांसद यज्ञ बहादुर थापा, सांसद सारदा पौडेल, बृद्धा राना लगायतले देशको विकासमा अब बन्द हड्ताल छोडेर आर्थिक विकासमा लाग्न आग्रह गरे ।
बन्दको अवज्ञा गर्ने क्रममा विहान पोखरा उद्योग वाणिज्य संघको सचिवालय गैह्रापाटनबाट सूर भएको ¥याली, नालाकोमुख, विन्ध्यवासिनी, बगर, नदीपुर महेन्द्रपुल, नयाँबजार, राष्ट्रबैंकचोक, लेकसाईड, जिरोकिलोमिटर, सृजनाचोक, न्युरोड हुदै चिप्लेढुंगा हुदै संघको कार्यालय परिसरमा पुगेर सभामा परिणत भएको थियो । र्यालीमा सहभागिहरुलाई धन्यवाद ज्ञापन गर्दै संघका अध्यक्ष विन्दु कुमार थापाले बन्द बिरुद्ध व्यवसायीहरु एक भएर पसलहरु संचालन गर्न आग्रह गरे । उनले भने “अब पोखरा सधै खुल्ला हुन्छ, यो हाम्रो पहिलो प्रयास हो, संविधान जारी भएको खुसियाली पनि हो, आगामी दिनमा यसरी नै सवैले साथ दिएमा हामीले पोखरामा ३ सय ६५ दिन नै खुल्ला राख्ने छौं । ” आफ्नो अधिकार खोज्दा अर्काको अधिकारको सम्मान गर्न आग्रह गर्दै अध्यक्ष थापाले प्रहरी प्रशासनले बन्दको समयमा भरपुर्ण रुपमा सुरक्षाको प्रत्याभुति दिनु पर्ने माग गरे ।
उनले भने “बन्द आह्वानकर्तासँग हाम्रो कुनै दुष्मनी छैन तर बन्द र हड्तालको हामी सदा बिरोधी हौँ र बिरोध गर्छौँ ।” अध्यक्ष थापाले अब आगामी दिनमा शनिबार पनि आफ्नो पसल÷ व्यवसाय खुल्ला राख्न व्यवसायीहरुसँग आग्रह गरेका छन् । कामदारले हप्तामा एक दिन बिदा पाउनु पर्ने आवाज उठेपछि व्यवसायीकै आग्रहमा संघ शनिबार पोखरामा पसल÷ व्यवसाय बन्द गर्न सहमत भएको थियो । समय फेरिएकोले कर्मचारीलाई आलोपालो गरेर बिदा दिन सकिने बताएका थापाले बिदामा काम गर्नेलाई अतिरिक्त समयको पारिश्रमिक दिनुपर्नेमा जोड गरे । र्याली भए पछि पोखरामा केहि पसलहरु खुल्न थालेका छन भने मोटरसाईकल तथा निजि गाडीहरु समेत केहि मात्रमा संचालनमा आएका छन ।
प्रहरीले बन्द कर्ताहरुलाई विहानै २५ जनालाई पक्राउ गरी नियन्त्रणमा लिएका कारणले गर्दा बन्द कर्ताहरु खासै चोकमा नदेखिएको कारणले गर्दा पनि अन्य दिनको तुलनामा आजको बन्दमा पोखरा केहि खुकुलो भएको महशुस गर्न सकिएको तारानाथ आचार्यले बताए । तमुवान संघर्ष समितिका संयोजक हुम तमु सहित २५ जना बन्द कर्ता पोखरा र लेखनाथबाट पक्राउ परेका हुन । सुरक्षाकर्मी पनि अन्य दिनको बन्दमा भन्दा केहि कडा रुपमा प्रस्तुत भएकोले बन्दमा पोखरामा केहि खुकुलो भएको हो ।