पोखरा, ४ असोज
संविधान जारी भएको खुशीयालीमा कास्कीमा क्रियाशिल ६ वटा राजनीतिक दलहरुले आज पोखरामा ¥यालिसहित उत्सव सभा गरेर खुशीयाली मनाएका छन् ।पोखरा सभागृहबाट सुरु भएको ¥यालि मानवअधिकार चोकमा पुगेर सभामा परिणत भएको थियो । कास्कीमा क्रियाशिल नेपाली काँग्रेस, नेकपा एमाले, एकिकृत नेकपा माओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नेकपा मालेले संयुक्त रुपमा ¥यालि र उत्सव सभा गरेका हुन् ।
उत्सव सभालाई सम्वोधन गर्दै नेपाली काँग्रेसका नेता तथा अर्थ मन्त्री रामशरण महतले आइतबार जारी भएको नेपालको नयाँ संविधान दक्षिण एसियामै उत्कृष्ट रहेको दावी गर्नुभयो ।‘संविधान सभाबाट संविधान जारी गर्नु कठिन काम थियो,’उहाँले भन्नुभयो,‘अनेक बाधा र अवरोधका बीच जनताका प्रतिनिधिले लेखेको संविधान जारी गर्न सफल भएका छौं, यो संविधान दक्षिण एसियाका देशमा बनेका संविधान भन्दा प्रगतिशिल र समावेशी छ । ’
राजनीतिमा शतप्रतिशत सहमति सम्भव नभएको बताउँदै उहाँले विषम परिस्थिति एक ठाउँमा उभिने नेपाली जनताको क्षमताले संविधान जारी गर्ने कार्य सम्भव भएको भनाई उहाँको छ । मन्त्री महतले तराई र मधेशका अधिकांश माग पुरा भएको बताउँदै राजनीतिक आवरणमा साप्रदायिक हिम्सा फैलाउन खोज्नेले गरेको आन्दोलनको कुनै तुक नभएको बताउनुभयो
नेकपा एमालेका नेता शंकर पोखरेलले परिवर्तनका विरुद्ध आन्दोलन गर्दा देशको समृद्धिको बाटोलाई रोक्ने बताउनुभयो ।क्षेत्रीय र जातीयवादी केही पार्टीले संविधानमा असहमति राखेको बताउँदै यो आन्दोलनको औचित्य नभएको बताउनुभयो ।
सबै जातजाती, वर्ग समुदायको अधिकारलाई संविधानमा समेटिएको बताउँदै सबैले भनेको जस्तो अधिकार नपाए पनि केही न केही अधिकार पाएको उहाँले बताउनुभयो । उहाँले ‘अलिअलि कटौति नगरी सबैलाई भाग पु¥याउन सकिदैन,’उहाँले भन्नुभयो,‘ संविधान पनि सम्झौताको दस्तावेज हो, सबै जातजातिको भनेको जस्तो नभएपनि पहिलोको भन्दा बढि अधिकार पाएका छन् । ’
कार्यक्रममा एकिकृत नेकपा माओवादीका स्थायी समिति सदस्य जर्नादन शर्मा प्रभावकरले आदीवासी, जनजाती मधेशी, थारु लगायतको अधिकारलाई संविधानमा नसमेटिएको भनेर भ्रम छर्न खोजिएको बताउउनुभयो । संघीयताको सिंमाकनमा देखिएको विवादलाई संविधान निर्माणको सम्पूर्ण प्रक्रियासँग जोडेर हेर्ने नहुने बताउनुभयो ।
संविधान निर्माणसँगै नेपाली जनतामा नयाँ कार्यभार आएको बताउनुभयो । नेपालाई समृद्धि बनाउने हतियार संविधान नै भएको बताउँदै यसलाई कार्यान्वयन गराउँदै समाजवादी क्रान्तिलाई सम्पन्न गर्नुपर्ने बतउनुभयो । उहाँले संघीयताको सिंमाकनमा थारु र मगरको गुनासो आएको र त्यसको पनि समाधान गर्ने राजमार्ग तयार भएको बताउनुभयो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले प्रदेश ४ समृद्धि र नमुना प्रदेश बनाउने अठोटका काम गर्नुपर्ने बताउनुभयो । उहाँले पोखरा अन्र्तराष्ट्रिय विमानस्लथ निर्माणसँगै विकासले यो प्रदेशमा गति लिने बताउनुभयो ।
कार्यक्रममा नेकपा एमाले पोलिटव्यूरोका बैकल्पिक सदस्य जगत विश्वकर्माले संविधान जारीसँग नेपालीहरु सर्भौ भएको बताउनुभयो ।नेपाल शान्ति नचाहानेहरुको उक्साहटमा तराईमा आन्दोलन भइरहेको बताउँदै यसप्रति सचेत रहन मधेशी जनतालाई आग्रह गर्नुभयो ।
नेपाली काँग्रेसकी सभासद् शारदा पौडेलले राजनीतिक स्थायीत्व नहुदाँसम्म दलहरुबीच सहकार्य आवश्यक भएको बताउनुभयो ।नेकपा एमालेका सभासद् रविन्द्र अधिकारीले विप्लव, वैद्य, राजेन्द्र महतो, उपेन्द्र यादव महन्थ ठाकुर लगायतले लेखेको अक्षर पनि संविधानमा रहेको बताउँदै विरोध गर्नुको अर्थ नभएको बताउनुभयो ।संविधान निर्माणमा अधिकतम सहमतिको प्रयास भएको बताउँदै उहाँले संविधान निर्माणसँगै देशलाई समृद्धि बनाउने राजमार्ग खुलेको बताउनुभयो ।नेकपा एमालेका सभासद् सिता गिरी ओलीले संविधानले विभेदको अन्त्य गरेको बताउनुभयो ।
नेपाली काँग्रेसका सभासद् बृन्दा रानामगरले नयाँ संविधानले पिछडिएको वर्गलाई अधिकार दिलाएको बताउनुभयो ।एकिकृत नेकपा माओवादीका सभासद् तेजकुमारी पौडेल आम समुदायको मुद्धालाई संविधानले समेटन नसकेको बताउँदै आगामि दिनमा समेटनु पर्ने बताउनुभयो ।
नेपाली काँग्रेस कास्कीका सभापति तथा सभासद् यज्ञबहादुर थापाको अध्यक्षतामा कार्यक्रम कार्यक्रममा नेपाली काँग्रेसका नेता शुक्रराज शर्मा, एकिकृत नेकपा माओवादीका नेता झलकपाणी तिवारी, एमाले कास्कीका अध्यक्ष कृष्ण थापा, एकिकृत नेकपा माओवादी कास्कीका अध्यक्ष दिपक कोइराला, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष शंकर बराल, राप्रपा कास्कीका सचिव गणेशबहादुर ढकाल, नेकपा मालेका सचिव होमनाथ गिरी, पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापा, पत्रकार महासंघ कास्कीका सचिव त्रिभुवन पौडेलले संविधानको कार्यान्वयन गराउन सबै दलबीच सहकार्य आवश्यक रहेको बताउँदै आर्थिक विकासको लागि बन्द हड्ताल बाधक भएकाले सदाका लागि बन्द गर्नुपर्ने बताएका थिए ।