बुद्ध फाउण्डेसन जापानको सहयोगमा भगवती निमाविमा निर्मित १२ कोठे भवन उदघाटन

पोखरा ५, असोज :
पोखरा–२५ (पुम्दी भुम्दी) कालाभाङमा रहेको भगवती निमाविमा बुद्ध फाउण्डेसन जापानको आर्थिक सहयोगमा १२ कोठे पक्की भवनको मंगलबार एक समारोका बिच समुद्घाटन गरीएको छ । बुद्ध फाउण्डेसन जापानका अध्यक्ष डाक्टर काजुया सुजुकी र फाउण्डेसनका संस्थापक अध्यक्ष डाक्टर ताकाजी यामागुचीले संयुक्त रुपमा उद्घाटन गरेका हुन।

कार्यक्रममा बोल्दै बुद्ध फाउण्डेसन जापानका अध्यक्ष डाक्टर सुजुकीले भगवती निमावि सामुदायिक बिद्यालयमा अध्ययनरत अधिकाशं बिद्यार्थीहरु गरीब परिवारका भएका कारणले गर्दा आफुहरु प्रभावित भएर लगानी गरेको बताए । उनले भने “केही बर्ष अघि देखि हामीले यस बिद्यालयलाई सहयोग गर्दै आएका छौं, हामीले लगानी गरे अनुसारको बिद्यालयमा गुणस्तरीय शिक्षामा बृद्धि हुदै आएकोमा हामी निकै खुसि छौं ।” फाउण्डेसनले बिद्यालयको पक्की भवन निमार्णको लागि ५२ लाख ७ हजार रुपैया आर्थिक सहयोग गरेको बिद्यालय व्याबस्थापन समितिका अध्यक्ष प्रकाश गुरुङले बताए ।

उनका अनुसार भवन निमार्ण गर्न ५३ लाख ९० हजार ७ सय ९७ रुपैया खर्च भएको छ । उक्त भवन निमार्ण गर्न जनश्रमदान र स्थानीयको गरी एक लाख ८३ हजार ५ सय ६० रुपैया आर्थिक प्राप्त भएको उनले जनाए । भवन निमार्ण कार्य दुई बर्ष अघि देखि सुरु गरीएको थियो । हेरालो प्रतिष्ठान कास्कीको मध्यस्थतामा उक्त सहयोग रकम जापानबाट प्राप्त भएको हो ।

कास्कीका जिल्ला शिक्षा अधिकारी अम्बीका प्रसाद आचार्यले अन्य बिद्यालयहरुको माझमा भगवती एक सामुदायिक बिद्यालय नमुना तथा अनुकरणीय भएको दाबी गरे । नेपालको शिक्षाको क्षेत्रमा सहयोग गरेको बुद्ध फाउडेसनलाई धन्यवाद दिदै उनले यस्तो सहयोगलाई निरन्तरता दिन आग्रह समेत गरे । बिद्यालयमा हाल पुर्वप्रथामिक बिद्यालय अन्र्तगत नर्सरी, युकेजी  र एलकेजी रहेको छ भने एक देखि कक्षा ६ सम्म अग्रेंजी माध्यमको पठन पाठन हुदै आएको छ ।

बिद्यालयमा हाल १ सय १० जना बिद्यार्थीहरु रहेका छन भने सरकारी दरवन्दी ४ जना शिक्षक रहेका छन भने निजि श्रोतबाट ७ जना शिक्षकहरु रहेको अध्यक्ष गुरुङले जनाए । बिद्यालयबाट हालै मात्र अवकास प्राप्त गरेका देविलाल बराललाई मायाको चिनोबाट उक्त अवसरमा सम्मान समेत गरीएको थियो । बिद्यालयमा अग्रेंजी माध्यमबाट पठन पाठन गर्न उल्लेखनिय रुपमा सहयोग पुराएको भन्दै बिद्यालयले बराललाई सहयोग गरेको हो । कार्यक्रममा सहभागिहरुलाई बिद्यार्थीहरुले विभिन्न नृत्य प्रस्तुतः गरी भरपुर्ण रुपमा मनोरन्जन दिलाएका थिए ।

बिद्यालय व्याबस्थापन समितिका अध्यक्ष प्रकास गुरुङको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा भवन निमार्ण समितिका संयोजक झम्कनाथ बराल, हेरालो प्रतिष्ठानका उपाध्यक्ष गणेश बराइली, छोरेपाटन उच्च माविका प्राचार्य लक्ष्मण थापा, शिक्षक जात प्रसाद गुरुङ लगायतले शिक्षाको बारेमा चर्चा गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button