एचआईभी एड्स संक्रमितहरुको सहयोगार्थ पोखरामा कलाकारको मैत्रिपुर्ण फुटवल खेल हुने

पोखरा ५, असोज :
एचआईभी एड्स संक्रमितहरुको सहयोगार्थ पोखरामा मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला फुटबल संघको समन्वयमा फेवा व्यवसायी समुहको आयोजनामा पोखरा रंगशालामा कात्तिक २१ गते एचआईभी एड्स संक्रमितहरुको सहयोगार्थ कलाकार र बुद्धिजिवि बिच उक्त प्रतियोगिता हुने भएको मंगलबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराईएको हो ।

कलाकारको टिममा पुराना देखि नयाँ फिल्म कलाकारहरु मैदानमा उत्र्रिने भएका छन । दशै–तिहार बीचको समयमा आयोजना हुने उक्त प्रतियोगिता चर्चीत कलाकार शिव श्रेष्ठ, भुवन केसी, राजेश हमाल, लिखित उप्रेती, सुमन सिंह लगायतको उपस्थिति रहने भएको कलाकारको कप्तानि सम्हाल्ने भएका अभिनेता धिरेन शाक्यले बताए । उक्त प्रतियोगिता अवलोकनका लागि ५ सय रुपैयाँ टिकट शुल्क राखिएको समुहका अध्यक्ष आर.के. सुवेदीले बताए । आफूहरुले स्वदेश एवं विदेशमा पनि कलाकारहरु उतार्दै आएको बताउँदै पोखरामा हुने मैत्रीपूर्ण फुटबलले यहाँको खेलकुद पर्यटनमा सघाउ पुग्ने उनले बताए ।

 भूकम्पपछि सुस्ताएको पोखराको पर्यटन व्यवसायमा एवं समग्र खेलकुदमा पनि यो प्रतियोगिताले सघाउ पु¥याउने एन्फा उपमहासचिव तथा पोखरा पर्यटन पुनर्रजागरण समितिका संयोजक गणेशबहादुर भट्टराईको बताए । धिरेन शाक्यले प्रतियोगिता सफल पार्न आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । खेलकुद पत्रकार मञ्च कास्कीका निवर्तमान अध्यक्ष विनोद लामिछानेले प्रतियोगिता सफल पार्न सहयोग गर्ने जनाए । कास्की जिल्ला फुटबल संघका अध्यक्ष धरमसिंह लामिछानेको अध्यक्षतामा भएको कार्यक्रम संचालन सदस्य रामकृष्ण बास्तोला (गोर्खाली)ले गरेका थिए ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button