६ करोड ८५ लाखको लागतमा पोखरामा श्रीरत्न आभुषण संचालन

पोखरा १०, असोज :
पर्यटकीय नगरी पोखरामा करीब ६ करोड ८५ लाखको लागतमा एक सुन तथा चाँदी पसल संचालनमा आएको छ । पोखरा क्षेत्रका लव्धप्रतिष्ठीत व्यवसायी तथा सामाजिक क्षेत्रमा लागेका ७ जनाको लगानीमा श्रीरत्न आभुषण प्रा.लि. संचालनमा आएको हो ।

आईतबार एक समारोहका बिच पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले उक्त पसलको उद्घाटन गरेका हुन । कार्यक्रममा बोल्दै उनले सुन चाँदी पसलेहरुले महङगो रुपमा घर भाडा तिर्ने गरेकोले अन्य व्यवसायीहरुलाई त्यसको माग परेकोले मुल्यमा एकरुपता गर्न आग्रह गरे । उनले भने “व्यवसायीक हकहितमा तपाईहरु लाग्नुहोस, तपाँईहरुको हकहितको लागि आई पर्ने समस्यामा हामी लाग्ने छौं ।”

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

नविन सोचका साथ पोखरेलीहरु माझ एउटा नयाँ व्यवसायको रुपमा आफुहरुले उक्त पसल संचालन गरेको प्रवन्ध निर्देशक दिपक घिमिरेले बताए । उनले भने “नेपाल कला संस्कृतिमा धनि छ, यहाँका जातजातिरुले लगाउने गर गहना भित्र पनि नेपालीपन रहेको हुनाले नेपाली परम्पराका गर गहना उपलब्त्रध गराउने छौं । ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button