साहसिक पर्यटन प्रवद्र्धनमा विदेशी विश्वविद्यालयसँग सहकार्य

पोखरा, भदौ २०:
भूकम्प पछि प्रभावित भएको पोखराको पर्यटन क्षेत्र उकास्नका लागि फिनल्याण्डको हुमक विश्वविद्यालयसँग सहकार्य हुने भएको छ । पोखरा पर्यटन परिषद (पिटिसी) र विश्वविद्यालयका पदाधिकारीबीच सहकार्य गर्ने बारे आइतबार पोखरामा छलफल भयो ।

पोखरा र आसपासका पर्यटन क्षेत्रको प्रर्वद्धनका लागि विश्वविद्यालयले सघाउने बारेमा प्रारम्भिक चरणको छलफल भएको पिटिसीका अध्यक्ष सोमबहादुर थापाले जानकारी दिए । उनका अनुसार हुमक विश्वविद्यालयले साहसिक पर्यटन र त्यससँग सम्बन्धित विषयमा अध्ययापन गराउँदै आएको छ । पोखरा र आसपासका साहसिक पर्यटकीय गन्तव्यको प्रवद्र्धनमा सघाउन विश्वविद्यालय तयार भएको उनले बताए ।

‘विश्वविद्यालयले पोखरा र आसपासका साहसिक पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा सघाउने गरि विद्यार्थी पठाउने र पोखराको बारेमा फिनल्याण्डमा प्रचारप्रसारमा सघाउने बारे छलफल भएको हो’ उनले भने, ‘त्यसो भयो भने पोखराबारे अन्तर्राष्ट्रियस्तरमा अझै सकारात्मक सन्देश फैलन्छ । भूकम्पको मार खेपेको यो बेला अन्तर्राष्ट्रिय सम्बन्धले पोखराबारे सकरात्मक सन्देश जान्छ ।’ साहसिक गन्तव्य प्रवद्र्धनमा सघाउनका लागि विश्वविद्यालय तयार भएको उनले बताए ।

थापाका अनुसार विश्वविद्यालयले वार्षिक रुपमा विद्यार्थीलाई पोखरा घुम्न पठाउनेछ । त्यसले गर्दा पोखराबारे सकारात्मक सन्देश फैलाउन सहज हुनेछ । पोखरा आएका विश्वविद्यालयका विद्यार्थीले यहाँका साहसिक प्रोडक्टबारे अनुसन्धान गर्नेछन् । पोखरा र आसपासका क्षेत्रमा अहिले भूकम्पले पारेको असर कम गर्न विश्वविद्यालयसँगको सहकार्यले सघाउने थापाले बताए ।

‘पोखरा र आसपासका साहसिक क्षेत्रको प्रवद्र्धन गर्न सके अहिलेको शून्यतामा केहि राहत मिल्छ । पोखरा बारे अन्तर्राष्ट्रियस्तरमा सकारात्मक सन्देश फैलाउनु नै अहिलेको आवश्यकता हो’ उनले भने, ‘त्यहि आवश्यकता पुरा गर्न चाहेका हौ । विश्वविद्यालयका विद्यार्थी ल्याउन सक्ने हो भने पोखराबारे सकारात्मक सन्देश जाने र यहाँका सामसिक गन्तव्य अभ्यासका लागि उपयूक्त थलो बन्न सक्नेछन् ।’
व्यवसायीसँगको छलफलमा बोल्दै विश्वविद्यालयका म्यानेजर टिमो पार्ककोलाले पोखरासँग सहकार्य गर्न पाउनु विश्वविद्यालयका लागि सुखद हुने बताए । उनले नेपालको साहसिक पर्यटन प्रवद्र्धनमा सघाउन पाउँदा खुशी लागेको बताए । ‘विश्वविद्यालयले धेरै विद्यार्थीलाई साहसिक पर्यटकीय गन्तव्यबारे अध्ययन गर्न पोखरा पठाउन सक्छ । त्यसो भयो भने पोखराबारेको सन्देश पनि फैलन्छ’ उनले भने, ‘यतिबेला पोखरालाई सकारात्मक सन्देश प्रवद्र्धनको खाँचो छ । त्यो पुरा गर्न यो सहकार्यले सघाउँछ ।’

पोखरा र आसपासका क्षेत्रमा साहसिक पर्यटक प्रवद्र्धन गर्ने थुपै्र पुर्वाधार भएकोले पनि यतिबेला सहकार्य जरुरी रहेको उनले बताए । विश्वविद्यालयलाई पोखराको सहयोग चाहिएको र पोखराले अन्तर्राष्ट्रिय सहयोग खोजि गरिरहेको बेला यो सहकार्य हुनु सुखद हुने उनले बताए ।
‘पोखराको बारेमा यतिबेला सकारात्मक सन्देश प्रवाहको खाँचो छ । हामीले त्यहि सन्देश प्रवाहमा सघाउने छौ’ उनले भने, ‘त्यसले पोखरामा आगामि दिनमा साहसिक पर्यटक भित्रयाउन सघाउनेछ ।’ विश्वविद्यालयका प्राध्यापक किम लिण्डब्लाडले पोखरा र विश्वविद्यालयबीय सहयोग आदानप्रदान गर्नका लागि आफुहरुले सक्दो पहल गर्ने आश्वासन दिए । ‘विद्यार्थीलाई अभ्यासका लागि पोखरा पठाउन सकियो भने उनीहरुले व्यवहारीक ज्ञान पाउनेछन्’ उनले भने, ‘त्यसले व्यवसायिक रुपमा पोखरालाई फाइदा त हुनेछ नै प्रवद्र्धनमा पनि सहयोग पुग्नेछ ।’
पोखरामा साहसिक पर्यटन प्रवद्र्धन गर्ने थुपै्र पूर्वाधार रहेको भएपनि पाहुना अभावमा ती पूर्वाधारले काम नपाएकोले यो सम्बन्धले आगामि दिनमा पोखराको बारेमा सन्देश फैलाउन सघाउने उनले बताए । हमक विश्वविद्यालयले दुई सिजनमा विदेशी विद्यार्थी पढाउँदै आएको छ । साहसिक पर्यटन र सामाजिक समावेशीकरणबारे विश्वविद्यालयले वर्षमा ३०÷३० जना विद्यार्थीलाई पढाउँदै आएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button