पोखरा, १४ असोज:
स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न पोखरामा विहिबार प्रभात फेरि कार्यक्रमको आयोजना भएको छ । पोखरामा रहेका राष्ट्रवादी तथा देशभक्त युवाहरुले मेड ईन नेपाल नामक सामाजिक संस्था गठन गरेको तेश्रो दिनमा उक्त प्रभात फेरीको आयोजना गरेका हुन ।
स्वदेशी उत्पादनले देशलाइ आत्मनिर्भर बनाउने भएकोले आफुहरुले विदशी उत्पादन भन्दा स्वदेशमा उत्पादन भएका सामानहरु प्रयोग गर्न उपभोक्ताहरुलाई सचेतना जगाउने उद्धेश्यले प्रभात फेरीको आयोजना गरीएको समूहका महासचिवमा यदुकुमार वस्तीले बताए । पोखराको मानवअधिकार चोकबाट सुरु भएको प्रभात फेरी, चिप्लेढुंगा, न्युरोड, सभागृहचोक, पृथ्बीचोक, नयाँबजार हुदै महेन्द्रपुलमा पुगेर कोण सभामा परिणत भएको थियो ।
कोण सभामा बोल्दै पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले नेपालीहरुले धेरै सामानहरु आयात गर्ने विदेशी उत्पादन हुने सामानहरुको प्रयोग बढाएकोले धेरै रकम विदेशीएको जसका कारण नेपाल पराधिन बन्नुको साथै गरीब भएको दाबी गरे । उनले भने “हामी हाम्रा गाँउ ठाँउमा उत्पादन भएका सामानहरुलाई पहिलो प्रथामिकता दिएर प्रयोग गर्नू पर्दछ, अनि मात्र हाम्रो आय आर्जनमा विकास हुदै समग्र देशको आर्थिक विकास हुन्छ ।” देशमा हाल धेरै कुरा पर निर्भरताका हुने गरेको अबस्थाले गर्दा आज भारतले अघोषित नाका वन्दी गर्दा मुलकुमा धेरै कुराको अभाव भएको उनले जनाए ।
पछिल्लो समयमा छिमेकी राष्ट्रले गरेको असहयोगलाई चिर्दै राष्ट्रलाई आत्मनिर्भर बनाउने अभियान स्वरुप पोष्टराज दाहालको अध्यक्षतामा २७ सदस्यीय समूह गठन भएको सदस्य नारायण बास्तोलाले बताए । समूहले राष्ट्रलाई आत्मनिर्भर बनाउन सकेमात्रै स्वाभिमानी बन्न सकिने उद्देश्य तय गरेको छ । ‘‘स्वदेशी उत्पादनको प्रयोग गरौँ, देशलाई आत्मनिर्भर बनाऔँ’’ भन्ने नारा सहित देश विकासको बाटोमा लाग्ने एजेण्डा तय गरेको महासचिव वस्तीले जनाए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution